राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अपरिहार्य : पूर्वमन्त्री अधिकारी

पोखरा न्यूज- १५, माघ ।

पूर्वस्वास्थ्यमन्त्री तथा सङ्घीय सांसद खगराज अधिकारीले संसद्बाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ वर्तमानको आवश्यकता भएको बताएका छन् ।

प्रेस सङ्गठन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले तत्कालीन सरकार र प्रा डा केसीबीचमा भएको सहमतिका आधारमा विधेयक आएको बताए । चिकित्सा शिक्षामा देखिएका समस्या समाधान संसदीय प्रक्रियाबाट टुङ्गो लगाउने दुईपक्षीय सहमतिको मर्म भएको बताउँदै उहाँले अस्पताल सञ्चालनका लागि निश्चित मापदण्डका आधार पूरा गर्नुपर्नेमा जोड दिए ।

विधेयकले चिकित्सा क्षेत्रलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उहाँले सो विषयलाई लिएर राजनीतिकरण गर्नु कोही कसैको हितमा नभएको उल्लेख गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश सह–इञ्चार्जसमेत रहेका पूर्वमन्त्री अधिकारीले विगतका राजनीतिक द्वन्द्वका घाउ बल्झाउनेतर्पm लाग्न नहुने विचार व्यक्त गरे ।

प्रेस सङ्गठन कास्कीका माधव बरालको अध्यक्षतामा भएको कार्यक्रममा सन्देश श्रेष्ठ र मोतिसागर अधिकारीले समसामयिक विषयमा धारणा राखेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button