सरकारले जनपक्षीय काम गर्नुपर्छ : थापा

पोखरा न्यूज- १५, माघ ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगनकुमार थापाले अहिलेको सरकारले काम गर्न नसकेको आरोप लगाएका छन् ।

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा रहेको सूर्यप्रकाश माविको वार्षिकोत्सव समारोहमा उनले प्रा डा गोविन्द केसीले राखेका माग अक्षरश पूरा गर्नुपर्ने बताउँदै स्वार्थमा भन्दा पनि जनपक्षीय कामहरु गर्नुपर्ने बताए  ।

उनले केसीको जीवन रक्षाका लागि छिटो पहल गर्न पनि उनले आग्रह गरे । अर्को प्रसङ्गमा नेता थापाले जतिसुकै विद्यालय भवन विस्तार भए पनि गुणस्तरीय जनशक्ति उत्पादन नभएसम्म शिक्षा लिनुको अर्थ नहुने बताउँदै गुणस्तरीय र प्राविधिक शिक्षाको विकासमा जोड दिनुपर्ने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button