शुक्रराज माविको खेल मैदानको लागि १० लाख विनियोजन : मन्त्री विश्वकर्मा

स्वर्ण महोत्सव जारी

डिएनबी, पोखरा न्यूज- १५, माघ ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पोखरा महानगरपालिका २२, पुम्दी भुम्दी स्थित शुक्रराज माविको खेल मैदान निमार्ण तथा मर्मतको लागि १० लाख रुपैया मन्त्रालयबाट विनियोजन भएको बताएका छन्।

विद्यालयको स्वर्ण महोत्सवको दोश्रो दिन विभिन्न दाता, विद्यालय व्याबस्थापन समितिका पूर्व सदस्य, अक्षयकोषदाता, पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक, पूर्व कर्मचारी लगायतलाई सम्मान गर्दै मन्त्री विश्वकर्माले विद्यालयको खेलकुद विकासको लागि मन्त्रालयबाट १० लाख रुपैया विनियोजन भएको बताएका हुन्।

विद्यालयमा संचालन भएको प्राविधिक विषय पशु विज्ञानलाई अझ प्रभावकारी बनाउन मन्त्रालयले आवश्यक सहयोग गर्ने वचन दिदै मन्त्री विश्वकर्माले अबको शिक्षा प्राविधिक तथा व्यवसायीक शिक्षा हुनुपर्नेमा जोड दिए । उनले भने “पुम्दी भुम्दी बहुआयामिक सम्भावना भएकोले यहाँ पर्यटनको माध्यमबाट पनि उतिकै सम्भावना रहेको छ, यहाँको आर्थिक विकास र समृद्धि हासिल गर्न पर्यटन मुख्य आधार हुन सक्छ । ”

गण्डकी प्रदेशका सांसद राजिव पहारीले आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर जनतासंग आउने जाने गरेको बताउदै विद्यालयको आधुनिक तथा प्राविधिक शिक्षाको लागि आवश्यक सहयोग गर्ने जनाए । पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष मित्रलाल बराल, सदस्य मात्रिका प्रसाद बराल, भूत पूर्व बिद्यार्थी मञ्चका अध्यक्ष वालकृष्ण बराल लगायतले विद्यालयको शैक्षिक गुणस्तरको लागि सहयोग गर्ने बताए ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष एंव गण्डकी प्रदेशका सांसद समेत रहेका राम्जी बराल जिबनको अध्यक्षतामा सम्पन्न भएको दोश्रो दिनको कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुतः गरेको बिद्यालयका प्राचार्य नरनाथ बरालले बताए । बुधबार शहिद दिवस स्वर्ण महोत्सव समेत समापन हुने भएको छ । शिक्षा सचिव खगराज बरालबाट उक्त स्वर्ण महोत्सव समापन गनिरे भएको शिक्षक होम प्रसाद बरालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button