बागलुङको शिवालय आधारभूत विद्यालयलाई निःशुल्क सोलार

पोखरा न्यूज- १६, माघ ।

बागलुङको काठेखोला गाउँपालिका– २ भीमापोखरास्थित शिवालय आधारभूत विद्यालयमा एक किलोवाट क्षमताको सोलार निःशुल्क रुपमा जडान गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार, ललितपुरको सहयोग तथा धौलागिरि सोलार कम्पनी काठमाडौंको व्यवस्थापनमा विद्यालयमा सोलार जडान गरिएको हो ।

प्रवर्द्धन केन्द्रले रु तीन लाखको लागतमा सोलार जडान गरेको हो । सोलार जडानपछि कम्प्युटर कक्षा सञ्चालन गर्न सहज भएको प्रधानाध्यापक कर्णबहादुर थापाले बताए । विद्यालयमा नियमित रूपमा विद्युत् आपूर्ति नहुँदा समस्या भएको थियो । यस्तै सामुदायिक विद्यालयप्रति आकर्षण घट्दै गइरहेको बेला सो आधारभूत विद्यालयमा पढ्न आउने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ ।

विद्यालयले दिवा खाजा, कम्प्युटर शिक्षा तथा अन्य सुविधा प्रदान गर्न थालेपछि निजी विद्यालय छाडेर सो विद्यालयमा अध्ययन गर्न आउन थालेको प्रअ थापाले बताए । विद्यालयमा हाल १०३ विद्यार्थी अध्ययनरत छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button