पर्वतको मध्यमोदी जलविद्युत् आयोजना : पुन सञ्चालन

पोखरा न्यूज- १६, माघ ।

पाँच दिनदेखि ठप्प बनेको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माणकार्य पुनःसञ्चालन भएको छ ।

चौधरी ग्रुपले मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४.५ मेगावाट क्षमताको सो आयोजनाको काम स्थानीयवासीको आन्दोलनका कारण रोकिएको थियो । स्थानीयवासीका माग पूरा गर्न आयोजना पक्ष सहमत भएपछि निर्माण पुनः थालिएको हो । आयोजनाको सुरुङ निर्माण गर्दा स्थानीयवासीको घरमा क्षति पुगेको भन्दै उनीहरुले क्षतिपूर्तिको माग गरी आन्दोलन थालेका थिए ।

मोदी गाँपालिका–२ मख, ठाना, कल्लेनी र ओख्लेमा घरमा क्षति पुगेपछि स्थानीयवासी आक्रोसित भएका छन् । भूगर्भविद्ले दिएको प्रतिवेदनका आधारमा मोदी गाउँपालिका र आयोजना पक्षले संयुक्त प्राविधिक टोली खटाउने, प्राविधिक टोलीले घरको मूल्याङ्कन गरी पुनःनिर्माण वा प्रवलीकरण गर्दा लाग्ने लागत योजना तयार गर्ने र सोही आधारमा आयोजनाले घरधनीलाई रकम उपलव्ध गराउने सहमति भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

क्षति पुगेका तीन घरको पुनःनिर्माणको काम स्वयंले गर्ने र आवश्यक रकम आयोजनाले दिने सहमति जुटेको छ । भूगर्भविद्ले घर भत्कनुमा मुख्य कारण भूकम्प र पराकम्प भएको तथा आयोजनाका कारण केही घरमा असर परेको प्रतिवेदन दिएकाले सोहीअनुसार कार्यान्वयन गर्न तयार रहेको आयोजना प्रमुख निरञ्जन राउतले बताए। भूगर्भविद्ले १२ घरमा बढी क्षति, नौ घरमा सामान्य क्षति तथा सात घर प्रभावित हुनसक्ने प्रतिवेद न बुझाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button