म्याग्दीका आगलागीपीडितलाई काङ्ग्रेसको ५१ हजार सहयोग

पोखरा न्यूज- १६, माघ ।

म्याग्दीको मङ्गला गाउँपालिका–४ थर्पुका आगलागीपीडितलाई नेपाली काङ्ग्रेस म्याग्दीले लत्ताकपडासहित रु ५१ हजार सहयोग गरेको छ ।

गत पुस २२ गते विद्युत् चुहिएर आगलागी हुँदा थर्पुका लालबहादुर रोकाको घर जलेर नष्ट भएको थियो । पार्टीले सङ्कलन गरेको सो सहयोग रकम मङ्गलबार पार्टीको जिल्ला सभापति खम्बीर गर्बुजाले पीडित रोकाकालाई हस्तान्तरण गरे  । म्याग्दी काङ्ग्रेसले पीडितलाई न्यानो कपडा र खाद्यान्नसमेत सहयोग गरेको छ ।

सभापति गर्बुजाले यही माघ ११ गते हिमपात हुँदा बरङ्जामा ३२ बिजुलीको खम्बा भाँचिएपछि पाँच दिनदेखि स्थानीयवासी अँध्यारोमा बस्नुपरेकोप्रति ध्यानाकर्षण गराउनुभएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा पार्टीका जिल्ला सचिव मीनबहादुर कार्की, प्रवक्ता अजयमिलन श्रेष्ठ, सदस्य केबी भण्डारी, महिला सङ्घकी अध्यक्ष बिमला गौचनलगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button