तनहुँमा मोतियाविन्दुको शल्यक्रिया

पोखरा न्यूज – १७, माघ ।

नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले भानु नगरपालिका–१३ ठूल्ढुङ्गामा आयोजना गरेको स्वास्थ्य शिविरमा पन्ध्र जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।

शहीद दिवसको अवसरमा सोसाइटीले मङ्गलबार र बुधबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा पन्ध्र जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको शाखाका सभापति कृष्णहरि वाग्लेले जानकारी दिए ।

‘भूकम्प प्रभावित समुदायका अपाङ्गता भएका व्यक्तिका लागि सशक्तीकरण र समावेशीकरण कार्यक्रम’ अन्तर्गत भक्तपुरस्थित विपी नेत्र प्रतिष्ठानको प्राविधिक सहयोगमा उक्त शिविरमा पाँचकोे कानको शल्यक्रिया र ६० लाई चश्मा र चारलाई श्रवणयन्त्र प्रदान गरिएको थियो । शिविरमा ७७५ जनाले विभिन्न स्वास्थ्य सेवा लिएका थिए ।

मिर्गौला पीडितद्वारा सहयोगको अपिल

मिर्गौलापीडित तनहुँको भिमाद नगरपालिका–५ मालेबगरका २८ वर्षीया ज्ञानकुमारी विकले आफ्नो उपचारका लागि आर्थिक सहयोग आग्रह गरेकी छन् । उपचारका लागि आर्थिक अवस्था नाजुक सहयोगको अपेक्षा गरेकी हुन् ।

उपचारका क्रममा हालसम्म रु आठ लाख खर्च भइसकेकाले थप उपचारका लागि रकम अभाव भएको उन =ले बताइन् । डायलोलिससका लागिसमेत पैसा नभएपछि उनको परिवार यतिबेला सहयोगको लागि भौँतारिरहेको छ । चिकित्सकले मिर्गौला फेर्न रु ४० लाख लाग्ने भनेको तर आफूहरुसँग त्यत्रो रकम नभएको उनका पति कुमार विकले बताए ।

आफ्नोभन्दा छोराहरुको पीरले आफूलाई सताएको छ पीडित विकले भनीन्, “मेरोभन्दा पनि दुई साना छोराको बिचल्ली हुन्छ कि भन्ने पीर लागेको छ, म बाँच्न चाहन्छु, मलाई सहयोग गर्नुहोस् ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button