तनहुँको सदरमुकाम दमौलीमा पाँच करोड लागतमा पार्क बनाइने

पोखरा न्यूज – १८, माघ ।

तनहुँको सदरमुकाम दमौलीस्थित खुला मैदानमा रु पाँच करोडको लागतमा पार्क निर्माण गरिने भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित व्यास नगरपालिकाले वडा नं ३ स्थित खुला मैदानमा पार्क निर्माण गर्न लागिएको हो । काठमाडौँस्थित जिओ कन्सर्न प्रालिले पार्कको नमूना तयार गरेको छ ।

यसअघि फुटबल मैदानका रुपमा रहेको व्यास नगरपालिका वडा नं ३ को उक्त ठाउँलाई नगरपालिकाले पार्कको रूपमा विकास गर्न लागेको वडा नं ३ का सदस्य रविन पौडेलले जानकारी दिए  । उनले भने, “नगरपालिकाले जिल्ला प्रशासन कार्यालय अगाडिको मैदानलाई खेल मैदान बनाएर उक्त ठाउँमा पार्क निर्माणको योजना बनाएको हो ।”

पार्क निर्माणका लागि रु पाँच करोड अनुमान गरिए पनि विस्तृत अध्ययन गर्दा यसको लागत परिवर्तन हुनसक्ने उनले जानकारी दिए ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले विस्तृत अध्ययन भएपछि पार्क निर्माण गर्ने जानकारी दिँदै भने , “यसले समग्र व्यास नगरपालिकाकै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएका छौँ ।”

Loading...
Loading...
Loading...

प्रतिक्रिया

तपाईको इमेल गोप्य रहनेछ / प्रतिक्रिया लेखेर नाम र इमेल भर्नुहोस् *

Close