महिला आर्थिक रुपमा सक्षम हुर्नुपर्छ : उप्रमुख गुरुङ

पोखरा न्यूज – १८, माघ ।

पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरु आर्थिक रुपमा सबल र सक्षम हुुनुपर्ने बताएकी छन् । पोखरा महानगरपालिका वडा नम्वर १२ ले आयोजना गरेकोे चुरा पोते तथा क्रिष्टलबाट गहना बनाउने एक हप्ते तालिमको समापन कार्यक्रममा बोल्दै उनले महिलाहरु आर्थिक रुपमा कमजोर हुदाँ पछाडी परेको बताइन् ।

महिला आर्थिक रुपमा सक्षम नहुदाँ सम्म पछाडी पर्ने भएकाले, सिप सिकेर आत्मनिर्भर बन्नुपर्ने बताइन् । उनले महिलाहरुलाई उद्यमी बनाउदै आत्मनिर्भर बनाउन उपप्रमुखसँग महिला कार्यक्रम ल्याएको बताइन् । आर्थिक रुपमा विपन्न, एकल महिला, दलित, द्धन्द्ध पीडित महिलालाई स्वरोजगार बनाउदै आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यले कार्यक्रम ल्याइएको उनले बताइन् ।

उपप्रमुख गुरुङले ५० महिला ५० सय महिला रोजगार, कानुनी सचेतना र शिक्षाको लागि उपप्रमुख महिला कार्यक्रमले सहयोग गर्ने बताइन् ।उनले महिलाले तालिम लिने तर त्यसलाई सदुपयोग गर्ने भन्दै ब्यवहारमा उतार्न आग्रह गरिन् । उपप्रमुख गुरुङले तालिमबाट सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गदै बनाएका सामाग्रीको बजारीकरणमा सहयोग गर्ने समेत उनले बताइन् ।

वडा नम्वर १२ का अध्यक्ष रामबहादुर कार्कीले सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गरे । तालिम लिएर त्यसै नबस्न र व्यवसायी बन्न आग्रह गरे । कार्यक्रममा प्रशिक्षक गोमा सुवेदी, वडा सदस्य विष्णु विश्वकर्मा, सितादेवी बास्तोला लगायतले बोलेका थिए । कार्यक्रममा एक हप्ते तालिममा प्रथम संगीता कार्की, मनदेवी गुरुङ द्धितिय र कल्पना बास्तोला तृतिय भएको भन्दै पुरस्कृत गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button