महिला हत्याका दोषी चार वर्षपछि पक्राउ

पोखरा न्यूज – १९, माघ ।

महिला हत्याको आरोप लागेका एक व्यक्तिलाई प्रहरीले चारवर्ष पछि पक्राउ गरेको छ ।

पर्सा जिल्लाको साविक तुल्सीबर्वा गाविस–५ हाल छिपहरमाई गाउँपालिका– ४ बस्ने २३ वर्षीय राजा साहतेली भनिने अकलेश साहलाई प्रहरीले चार वर्षपछि शुक्रबार पक्राउ गरेको हो ।

बागलुङ जिल्लाको साविक तित्याङ गाउँ विकास समिति–६ घर भई पर्वत कुश्मा नगरपालिका–८ भण्डारीटोलमा बस्दै आएकी ३० वर्षीया विष्णु परियारलाई निजले हत्या गरेपछि लुकीछिपी बस्दै आएको अवस्थामा बाग्लुङ बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

छिपहरमाई गाउँपालिका–४ बस्ने वर्ष अन्दाजी ४० का अर्का आरोपी रामबाबु साह तेलीसमेत नौ जना भने अझै फरार छन् । परियार २०७१ मङ्सिर २४ गतेदेखि बेपत्ता भएकामा खोजतलास गर्ने क्रममा मङ्सिर २७ गते साविक कुश्मा नगरपालिका–९ हाल वडा नं ५ स्थित खोरीयापानीको जङ्गलमा उहाँको लाश फेला परेको थियो ।

मृतकका श्रीमान् अर्जुन दर्जीले १० जनाविरुद्ध किटानी जाहेरी दिएकामा पक्राउ परेका तेलीलाई पर्वत जिल्ला अदालतबाट दिन १० को म्याद थप गराई अनुसन्धान गरिरहेको र अन्य अभियुक्तको खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक राजन रायमाझीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button