पोखरामा सवारी साधनमा आगो लगाएर फरार ५ व्यक्ति पक्राउ

पोखरा न्यूज – १९, माघ ।

शनिबार बिहान पोखरामा  सवारी साधनमा आगो लगाई फरार भएका ५ व्यक्ति पक्राउ परेका छन् ।

फिर्के चौतारा जोड्ने भित्रि सडकखण्ड अन्तर्गत श्रीकृष्ण माविको गेट अगाडि  पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको निशान पिकअप गाडीलाई मोटरसाइकल तथा स्कुटरमा आएका ४-५ जनाको अज्ञात समुहले बाटो छेकेर पेट्रोल छर्कि आगो लगाएर फरार भएका थिए ।

 नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र महानगरपालिकाको दमकलसमेतको सहयोगमा बिहान १०:०० बजे आगो नियन्त्रणमा लिईएको थियो । आगजनीबाट सवारी साधनमा ७० प्रतिशत भन्दा बढि क्षति पुगेको छ ।

थप अनुसन्धानका क्रममा चालकले दिएको हुलिया तथा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले लेकसाइड स्थित स्ट्रिट नं ९ मा होटेलमा लुकिछिपि बसेको अबस्थामा ५ जनालाई पक्राउ गरेको जनाएको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं ६ का २३ वर्षीय डिफान भुजेल, वडा नं ३२ का ३३ वर्षीय पर्शुराम बस्नेत, वडा नं ३० बस्ने ३० वर्षीय राजेन्द्र बराल, सोही वडा बस्ने ३५ वर्षीय  लक्ष्मी प्रसाद पौडेल र वडा नं ३३ बस्ने २२ वर्षीय  बिनय पौडेल रहेको प्रहरीले उल्लेख गरेको छ । उनीहरु काँग्रेस सम्बद्ध संगठन नेवि संघमा आवद्ध रहेका छन् ।

प्रहरीले घटनामा प्रयोग भएको ग ८ प ५८२३ को स्कुटर, ग १४ प १७२९ को स्कुटर र बा ५६ प ३४८६ को एभेन्जर मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button