अन्तर्राष्ट्रिय प्रतियोगिताले मित्र राष्ट्रहरुसंगको सम्बन्धलाई कसिलो बनाउँछ: मन्त्री विश्वकर्मा

पोखरामा २ सय भन्दा बढी विदेशी टेनिस खेलाडी

पोखरा न्यूज – २१, माघ ।

अन्तर्राष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा शनिबारदेखि १८ वर्ष मुनिको आइटीएफ टेनिस प्रतियोगिता शुरु भए पनि प्रतियोगिताको सोमबार युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले एक समारोहका विच उद्घाटन गरेका छन ।

सो अबसरमा बोल्दै मन्त्री विश्वकर्माले यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले मित्र राष्ट्रहरु संगको सम्बन्धलाई कसिलो बनाउने बताए । उनले भने –“खेल बिकासका लागि अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना हुन आवश्यक छ जसमा कास्की टेनिस संघले महत्वपूर्ण भूमिका खेलको छ ।”

प्रतियोगितामा सहभागी सबै खेलाडीलाई जितको शुभकामना दिंदै खेलकुद बिकासका लागि मन्त्रालयले योजनाबद्ध रुपमा अघि बढेको समेत उनले सो अबसरमा बताए ।

कास्की टेनिस संघका अध्यक्ष दोर्जे लामाको अध्यक्षतामा भएको कार्यक्रमा प्रतियोगिताका संयोजक सूर्य बहादुर भुजेलले पोखराको पर्यटन क्षेत्रको विकासमा खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । “यदी पोखरामा ८ वटा मात्रै टेनिस कोर्ट हुन्थ्यो भने २ हप्ताका लागि ५ सय भन्दा बढी खेलाडी पोखरा आउने थिए” संयोजक भुजेलले भने–“आर्थिक रुपले पनि मुलुकलाई माथी उठाउन पनि खेलकुदको पूर्वाधार बिकास आवश्यक छ ।”

पोखरामा उपलब्ध टेनिस कोर्ट अनुसार ३२ को ड्र मा मात्र खेल खेलाउन सकिने भएकाले प्रतियोगितामा भाग लिन चाहेबमोजिमका खेलाडीहरुलाई बोलाउन नसकिएको पनि भुजेलले बताए । ‘हामीसंग थप कोर्ट हुन्थ्यो भने ३ सय बढि खेलाडी पोखरा आउथे’–उनले भने ।

कार्यक्रममा नेपाल टेनिस संघका अध्यक्ष ज्योती राणा, कास्की जिल्ला टेनिस संघका महासचिब नबिन चालिसे लगाएतले भनाई राखेका थिए ।

प्रतियोगिताको मुख्य ३२ ‘ड्र’ को खेल सोमबारदेखि शुरु हुँदैछ । त्यसका लागि २७ राष्ट्रका २ सय बढि खेलाडीहरु पोखरा आएकोे प्रतियोगिता संयोजक भुजेलले जानकारी दिएका छन ।

मुख्य ड्र भन्दा खेलाडी संख्या बढि भएकाले माघको १९ र २० गते पूर्वछनौंट खेल खेलाउन लागिएको संघ कास्कीका महासचिव चालिसेले जानकारी दिए । सिंगल र डबल्स गरि दुई इभेण्टमा हुने प्रतियोगितामा विजयी खेलाडीले आइटीएफको २ सय ५० अंक प्राप्त गर्नेछन् ।

पोखरामा आयोजना भएका प्रतियोगिताहरु मध्ये यो अहिले सम्मकै उच्चस्तरको प्रतियोगिता भएकाले यसलाई सफल पार्न पोखरेलीको सहयोग चाहिने संघ कास्कीका अध्यक्ष दोर्जे लामाले बताएका छन् । प्रतियोगिता सम्पन्न गर्न झण्डै १४ लाख ४० हजार खर्च लाग्ने संघ कास्कीको अनुमान रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button