थ्रि स्टारलाई पराजित गर्दै एपिएफ सेमिफाईनलमा

डिएनबी, पोखरा न्यूज – २१, माघ ।

विभागिय टोली सशस्त्र प्रहरी बलको एपिएफले प्रतिद्धन्दी थ्रि–स्टार क्लबलाई पराजित गर्दै मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिता २०७५ को सेमिफाईनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आईतबार भएको पहिलो क्वाटरफाईनल खेलमा एपिएफले थ्रि–स्टारलाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थानमा बनाएको हो । खेलको एक मिनेटमै एपिएफका सन्तोस श्रेष्ठले गरेको गोल नै निर्णायक बन्न पुग्यो । राजिव लोप्सानको पासमा श्रेष्ठले पोष्ट चार्ज गर्दा विपक्षि गोलरक्ष एलन न्यौपानेको हातबाट फुत्केर गोल हुन पुग्यो । उक्त गोल प्रतियोगिताकै कम समय २६ सेकेण्डमै गोल भएको हो ।

लिगको तेश्रो स्थानमा रहेको थ्रि स्टारले खेलको सुरुवातमै गोल खाए पछि पाएका केहि अवसरलाई सदुपयोग गर्न नसक्दा एपिएफसंग पराजित हुनु पर्यो । टिम सम्हालिन नपाउदै गोल खाएर दबादमा परेको थ्रि स्टारले लिगको ५ औं एस्थानमा रहेको एपिएफका रमेश दंगाल खेलमा म्यान अफ दी म्याच घोषित भए ।

थ्रि स्टारका प्रशिक्षक मेघराज केसीले टिम सम्हालिन नपाउदै गोल खाएर दबाबमा परेकोले पराजित हुनु परेको बताए । एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले आफ्नो रणनितीमा खेलाडीहरुले खेलेका कारण बलियो टिम थ्रि स्टारलाई पराजित गर्न सफल भएको बताए ।

सोमबार क्वाटरफाईनल खेलमा त्रिभुवन क्लब बिरुद्ध क्याम्रुङको डफिन्स क्लव बिच खेल हुने भएको एन्फा कास्कीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button