म्याग्दीको धौलागिरि गाँउपालिकाका सबै बालबालिकाको स्वास्थ्य जाँच गरिने

पोखरा न्यूज – २१, माघ ।

पश्चिम म्याग्दीको धौलागिरि गाँउपालिकाका सबै बालबालिकाको स्वास्थ्य जाँच गरिने भएको छ । गाउँपालिकाको आयोजना र गुड नेवर्स इन्टरनेशनल नेपालअन्तर्गतको संस्था कदम म्याग्दीको सहकार्यमा हिजो आइतबारदेखि २३ गतेसम्म गाँउपालिकाभित्रका विद्यायलमा अध्ययनरत सबै बालबालिकाको पहिलो चरणको स्वास्थ्य जाँच शुरु गरिएको हो ।

गाउँपालिका भित्रका २८ विद्यालयका बालबालिकाका लागि स्वास्थ्यकर्मीको टोली सम्बन्धित विद्यालयमा नै पुगेर स्वास्थ्य जाँच गरिरहेको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिइन् ।

स्वास्थ्य जाँचका लागि एउटा स्वास्थ्य चौकीलाई चार विद्यालयको जिम्मा दिइएको छ । गाउँपालिकामा सात स्वास्थ्य संस्था रहेका छन् । गाउँपालिकाभित्र रहेका सात स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई आफ्नो कार्यक्षेत्रभन्दा बाहिरको वडामा रहेको विद्यालयमा पुगेर सेवा दिने गरी कार्य विभाजन गरिएको अध्यक्ष पुनले बताइन् ।

गाउँपालिकाभित्रका २८ विद्यालयमा तीन हजार ७०१ विद्यार्थी अध्ययनरत छन् । ती मध्ये एक हजार ९१० छात्रा र एक हजार ७९१ छात्र रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button