पोखरामा चिलको कारण प्याराग्लाइडिङ दुर्घटना

पाइलटले इमर्जेन्सी रेस्क्यु खोलेर ज्यान बचाए

पोखरा न्यूज – २१, माघ ।

पोखरामा सोमबार उडिरहेको प्याराग्लाइडरभित्र चिल पस्दा  दुर्घटनामा  परेको छ । पोखरा महानगरपालिका – १८ सराङ्कोटबाट उडेको ग्लाइडरमा  चिल पसेपछि अनियन्त्रित भएको थियो ।

ग्लाइडरमा सोलो उडिरहेका ट्यान्डम पाइलट पोखरा – ६ जरेबर बस्ने २९ वर्षीय विजय दाहालले प्याराग्लाइडरभित्र चिल पस्दा अनियन्त्रित भएपछी रेस्क्यु (प्यारासुट) खोलेर आफ्नो ज्यान बचाउन सफल भएका छन् । रेस्क्यु (प्यारासुट) खोलेपछि रेस्क्यु सहित दाहाल सराङ्कोटकै करीब २५ फिट अग्लो दमौराका रुखमा अड्किएका थिए । रुखमा अड्किएका दाहाललाई स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले पोखरा न्यूजलाई बताए ।

पाइलट दाहालले सन् २०११ देखी पोखरामा ट्यान्डम फ्लाइट गर्दै आएकोमा सोमबार मौसम खुलेको देखेर सोलो फ्लाइट गर्ने क्रममा अकस्मात चिल पसेपछि रेस्क्यु खोलेर झर्ने क्रममा रुखमा अल्झिएको नेपाल प्याराग्लाइडिङ पाइलट क्लबका अध्यक्ष कृष्ण अधिकारीले पोखरा न्यूजलाई बताए ।

पाइलट दाहालले सोमबार दिउसो करिव १ :३० बजेको समयमा सोलो उडान भरिरहेका बेला  ग्लाइडरभित्र चिल पसेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button