भु. पु. सैनिकहरुको नेपालमै निःशुल्क स्वाथ्य उपचार: डा.मेजर सिंह

डिएनबी, पोखरा न्यूज – २१, माघ ।

गोर्खा राइफल्स नाघुनले आफ्नो ७१ औं जन्मोत्वसब मनाएको छ ।

नाघुनको ७१ औं जन्मोत्वसबको अवसरमा पोखरामा आयोजित पुर्नमिलन तथा शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै डा.मेजर शिबप्रताप सिंहले भु. पु. सैनिकहरुले अवकाश पछि पनि स्वाथ्य उपचार नेपालमै निःशुल्क गर्न सकिने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सिंहले छोराछोरीलाई १ देखि १२ कक्षा सम्मको पढाईमा शुलभ गरिएको बताउँदै भारतीय सेनामा भर्ती हुँदा डकुमेन्टेसनमा गल्ति भएमा अवकाश सँगै मृत्युपछि सेवा सुविधा दाबी गर्न गाह्रो हुने भएकोले समयमै सचेत हुन आग्रह गरे ।

उक्त कार्यक्रममा संस्थाका सल्लाहकार सुबेदार दुर्गा बहादुर गुरुङ्ग,डिएसपी क्याप्टेन जुद्ध बहादुर गुरुङ्ग, रामकाजी गुरुङ्ग लगायतले शुभकामना मन्तव्य राखेका थिए । नाघुनको कार्यक्रमलाई ५० हजार नगद सहयोग गर्ने लक्ष्मी खत्रीथापा र भर्खर ६-८ गोर्खा राई फल्सको सुबेदार मेजर पदमा बढुवा भएकी इन्द्र कुमारी गुरुङ्गलाई नागुनले सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष क्या. इन्द्र बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष क्याप्टेन गिरिमान गुरुङ्ग, सचिब क्याप्टेन कृष्ण घलेले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button