नवलपुर र चितवनमा हुलाकी सडकको काम अगाडि बढाउन माग

पोखरा न्यूज- २३, माघ ।

नवलपुर र चितवनमा जिल्लामा तत्काल हुलाकी सडक निर्माणमा सरकारले प्राथमिकता नदिएको भन्दै प्रतिनिधिसभाको आजको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ ।

नवलपुर र चितवनमा हुलाकी सडक निर्माणको काम शुरु हुन नसक्दा ती जिल्लाका हजारौँ नागरिक समस्यामा परेको भन्दै सांसद तिलबहादुर महत क्षेत्रीले तत्काल सो राजमार्ग निर्माणमा ध्यान दिन आग्रह गरे।

शून्य समयमा आफ्नो धारणा राख्दै उनले गण्डकी प्रदेशको प्रमुख नाकासमेत रहेको कालीगण्डकी करिडोर नवलपुर जिल्लामा जोडिने भएकाले ती दुई महत्वपूर्ण आयोजना अगाडि बढाउन सकिए आर्थिक गतिविधि र विकास निर्माणको प्रक्रियाले गति लिने उनको भनाइ थियो ।

पूर्व–पश्चिम राजमार्गभन्दा दक्षिणतिर रहेको बस्तीमा सडक निर्माण हुन नसक्दा स्थानीय जनताले कष्टकर जीवनयापन गर्नुपरेको भन्दै सडक निर्माणको काम अगाडि बढ्न नसकेकामा गुनासो गरे ।

उनले विकास निर्माणको काममा भइरहेको ढिलाइका कारण समस्या बढेको भन्दै तत्काल समस्या समाधान गर्न आग्रह गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button