मनाङ मनकामना केबलकार पोखरा कपको सेमिफाईनलमा

डिएनबी, पोखरा न्यूज -२३, माघ । ब्रिगेट व्वाईज क्लबलाई टाईब्रेकरमा पराजित गर्दै डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लब मनकामना केबलकार पोखरा कप २०७५ को सेमिफाईनलमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक  रुपमा बुधबार भएको खेलमा मनाङले व्रिगेड व्वाईज क्लबलाई टाइब्रेकरमा ५–४ को गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

९० मिनेटको खेलमा दुबै तर्फ एक-एक गोल र थपिएको १५-१५ मिनेटको खेलमा दुबै तर्फ गोल हुन नसके पछि खेल टाईब्रेकरमा धकेलिएको हो । बिग्रेड व्वाईजका पदम भट्टराईले प्रहार गरेकोे पेनाल्टीसुटलाई विपक्षि गोलरक्षक विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गर्दा निर्धारित समयमा उकृष्ट खेल प्रदर्शन गरेको ब्रिगेड व्वाईज मनाङसंग पराजित हुनु पर्यो । ब्रिगेड व्वाईजका भट्टराईले पेनाल्टी सुटमा पहिलो सुट प्रहार गरेका हुन् । मनाङका गोलरक्षक बिशाल श्रेष्ठ खेलमा म्यान अफ दी म्याच समेत घोषित भए । मनाङले दोश्रो सेमिफाईनल खेलमा माघ २५ गते क्यामरुनको डफिन्स टिम फेमलीसंग प्रतिष्प्रर्धा गर्ने भएको छ ।

मनाङको जितमा कप्तान सुजल श्रेष्ठ, हेमन गुरुङ, कमल श्रेष्ठ, प्रकाश बुढाथोकी र सुरज विश्वकर्मा पेनाल्टीसुटमा गोल गरे । त्यसै गरी ब्रिगेडका सुरज ठकुरी, रन्दिप पौडेल, जय गुरुङ, मनोज राईले पेनाल्टीसुटमा गोल गरेका हुन् । खेलको १६ औं मिनेटमा पहिलो गोल गरेको ब्रिगेडले अन्य समयमा सम्हालिन नसक्दा मनाङसंग टाईब्रेकरमै पुगेर पराजित हुनु पर्यो । करिब १८ यार्ड नजिकबाट विपक्षि डिफेन्स खेलाडी असिफ मोहमदलाई छल्दै पोष्टमा चार्ज गरेका ब्रिगेड व्वाईजका रितिक खड्काले पहिलो गोल गरेका हुन् । खेलको ६८ औं मिनेटमा मनाङले कम व्याक गर्यो । मनाङका ओलावालेले दिएको पास वललाई विमल रानाले फष्टवार हुदै प्रहार गरेको बलले जाली चुमेको हो । लिगको विजेता मनाङले लिगको १२ औं स्थानमा रहेको ब्रिगेड व्वाईज क्लवसंग जित निकाल्न टाईब्रेकरमै लग्नु पर्यो । खेलको ८९ औं मिनेटमा ब्रिगेड व्वाइजलाई र्दुभाग्य निम्त्तियो ।

विपक्षि खेलाडी ओलावालेले करिब २० यार्ड नजिकबाटै वल अघि बढाएको अबस्थामा ब्रिगेडका गोलरक्षक लक्की कार्कीले डि–वक्स बाहिर आएर वल समाएसंगै रेफ्रि प्रकाशनाथ श्रेष्ठले उनलाई रेड कार्ड देखाउदै मैदानबाट बाहिर पठाएका थिए । मनाङले पाएको फ्रिकिको अवसर भने सदुपयोग हुन सकेन् । थपिएको ३० मिनेटको अतिरिक्त समयमा १० जना खेलाडीमा सिमित हुदा पनि मनाङले त्यसको फाईदा भने उठाउन सकेन्। पहिलो रोजाईका गोलरक्षक मैदानबाट बाहिरिए पछि ब्रिगेडका दोश्रो रोजाईका गोलरक्षक दिपेश मुक्त्तान मैदान छिरेका हुन । पहिलो गोलरक्षक नै बाहिरिएकोले गर्दा अर्को गोलरक्षक भित्रिएसंगै खेलाडी शिसिर लेखी मैदानबाट बाहिरिएका हुन्।

ब्रिगेड व्वाईजका प्रशिक्षक सुवित कार्कीले मनाङ जस्तो टिमलाई आफुहरुले उत्कृष्ट खेल प्रदर्शन गर्दा गर्दै अतिरिक्त समयसम्म रोक्न सक्नु नै आफुहरुको लागि ठुलो उपलब्धी भएको बताए । मनाङका प्रशिक्षक सुमन श्रेष्ठले आफ्ना खेलाडीहरुले विपक्षि टिमलाई हलका रुपमा लिनु नै जित निकाल्न कठिन भएको बताए । उनले ब्रिगेड व्वाईज क्लवले उत्कृष्ट खेल गरेको  प्रशंसा गरे ।

भोलि (विहिबार) पहिलो सेमिफाईनल खेलमा सशस्त्र प्रहरी वलको एपिएफ बिरुद्ध जापानको रिस्सो युनिभर्सिटी बिच हुने भएको छ । लिगको छैटों स्थानमा रहेको नेपाल पुलिस क्लवलाई पराजित गर्दै पहुना टोली जापानको रिस्सो युनिभर्सिटी सेमिफाईनलमा यात्रा बनाएको हो । विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफले प्रतिद्धन्दी थ्रि–स्टार क्लवलाई १–० ले पराजित गर्दै सेमिफाईनलमा यात्रा बनाएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button