प्रतिकुल मौसमका कारण मनकामना केबलकार पोखरा कप अन्तर्गत आजको खेल स्थगित

डिएनबी, पोखरा न्यूज -२४ , माघ ।

पोखरामा जारी मनकामना केबलकार पोखरा कप २०७५ अन्तर्गत आज (विहिबार) हुने भनिएको पहिलो सेमिफाईनल खेल स्थगित भएको छ । विहानै देखि पानी परेकोले प्रतिकुल मौसमका कारण आजको खेल स्थगीत भएको एन्फा कास्कीका महासचिव रमेश कार्कीले बताए ।

बिहीबार विभागिय टोली सशस्त्र प्रहरी बलको एपिएफ विरुद्ध जापानको रिस्सो युनिभर्सिटी बिच पहिलो सेमिफाईनल खेल हुने भनि सार्वजनिक गरिएको थियो । स्थगीत भएको खेल शुक्रबार हुने बताईएको छ । यद्यपी निरन्तर पानी परेको खण्डमा अबस्था हेरी एन्फा कास्कीले कुन खेल कहिले खेलाउने निर्णय गर्ने भएको छ ।

लिगको छैटों स्थानमा रहेको नेपाल पुलिस क्लबलाई पराजित गर्दै पहुना टोली जापानको रिस्सो युनिभर्सिटी सेमिफाईनलमा यात्रा बनाएको हो । विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफले प्रतिद्धन्दी थ्रि–स्टार क्लबलाई १–० ले पराजित गर्दै सेमिफाईनलमा यात्रा बनाएको हो ।

डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लब बिरुद्ध पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमलीसंग दोश्रो सेमिफाईनल खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । ब्रिगेट व्वाईज क्लबलाई टाईब्रेकरमा पराजित गर्दै डिफेन्डिङ च्याम्पियन मनाङ सेमिफाईनलमा यात्रा बनाउदा क्यामरुनको डफिन्स टिम फेमलीले थ्रि स्टार क्लबलाई पराजित गर्दै सेमिफाईनलमा यात्रा पक्का गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button