पोखरा आउदै गरेको माइक्रो र विपरित दिशाबाट जादै गरेको स्कार्पियो तनहुँमा ठक्कर खाँदा २० घाइते

पोखरा न्यूज- २४ , माघ ।

तनहुँ सवारी दुर्घटनामा परि २० जना घाइते भएका छन् ।

काठमाण्डौबाट पोखरातर्फ आउदै गरेको माईक्रो र विपरित दिशाबाट जादै गरेको स्कार्पियो तनहुँमा ठक्कर खाँदा २० घाइते भएको प्रहरीले जनाएको छ ।

बिहिवार तनहुँको म्याग्दे गाउँपालिका- ३ धएरेमा बा ३ ख १०५९ नम्बरको माइक्रो र ग १ य १०४८ नम्बरको स्कार्पियो एक आपसमा ठक्कर खाँदा दूर्घटना भएको हो ।

दूर्घटनामा दुवै सवारी साधनको चालकसहित घाइते भएका २० जनालाई उपचारको लागि पोखरातर्फ ल्याइएको प्रदेश नम्बर ४ प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक गोबिन्द पुरीले जनाएका छन् ।

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button