तनहुँमा बस र ट्रक एक आपसमा ठक्कर खाँदा ५ घाइते

पोखरा न्यूज- २५ , माघ ।

तनहुँको व्यास नगरपालिका- १२ तल्लो छिर्कनेमा शुक्रवार  बस र ट्रक एक आपसमा ठक्कर खाँदा ५ जना  घाइते भएका छन् ।

डुम्रेबाट दमौलीतर्फ आउदै गरेको ना ५ ख ४०४० नम्बरको यात्रुबाहक  बस र विपरित दिशाबाट जादै गरेको ना ६ ख २३९ नम्बरको ट्रक एक आपसमा ठोकिएर दुर्घटना हुँदा ५ जना  घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा नवलपरासी (पूर्व) गैंडाकोट नगरपालिका- २ का  ६२ बर्षिय  इन्द्र प्रसाद भुषाल, गैडाकोट नगरपालिका- १ का  २३ बर्षिया आशा रुवाले, ३५ बर्षिया श्रीमाया गुरुङ, ५२ बर्षिया इश्वर प्रसाद भट्टराई र ट्रक चालक चितवनको भरतपुर महानगरपालिका- १६ बस्ने २३ बर्षिय नारायण श्रेष्ठ रहेको  प्रदेश नम्बर ४  प्रहरी कार्यालय पोखराका प्रहरी नायव  उपरीक्षक गोबिन्द पुरीले  जनाएका छन् ।

प्रहरीका अनुसार घाइतेहरुलाई  उपचारको लागि लक्ष्मी अस्पताल डुम्रे पठाइएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button