जापानको रिस्सहोलाई टाईब्रेकरमा पराजित गर्दै एपिएफ फाईनलमा

डिएनबी, पोखरा न्यूज -२५ , माघ ।

पाहुना टोली जापानको रिस्सहो युनिभर्सिटीलाई टाईब्रेकरमा पराजित गर्दै विभागिय टोली सशस्त्र प्रहरी बलको एपिएफ पोखरामा जारी मनकामना केबलकार पोखरा कप २०७५ को फाईनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाईनल खेलमा एपिएफले जापानको रिस्सहोलाई टाईब्रेकरमा ४–१ को गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । ९० मिनेटको निर्धारित समय र थपिएको ३० मिनेटमा पनि दुबै तर्फ कुनै पनि गोल हुन नसके पछि खेल निर्णायकको लागि टाईब्रेकरमा पुगेको हो । टाईब्रकरमा जापानका नाट्सुकी र ताकुतो योसिनोले प्रहार गरेको पेनाल्टी सुट गोलमा गोल गर्न चुके संगै उत्कृष्ट खेल प्रदर्शन गरेको जापानको रिस्सहो पोखरा कपको सेमिफाईनलबाटै यात्रा टुंगाउनु पर्यो । नाट्सुकीले प्रहार गरेको पेनाल्टी सुटलाई एपिएफका गोलरक्षक राजु नगरकोटीले उत्कृष्ट बचाउ गरे । त्यसै गरी योसिनोले प्रहार गरेको पेनाल्टीसुट पोष्ट माथिबाट बाहिरियो । एपिएफका गोलरक्षक राजु नगरकोटीको उत्कृष्ट बचाउले सहभागि दर्शकको समेत मन छुन सफल भए ।

एपिएफको जितमा सुदिप सिल्पकार, असिम लामा, राजु लोप्चन, राजु नगरकोटीले पेनाल्टीसुटमा गोल गरे । टाईब्रेकरमा एपिएफले पहिला पेनाल्टी सुट हानेको हो । खेलमा १० भन्दा बढी राम्रा गोल गर्ने अवसरलाई तुहाईदिएका एपिएफका गोलरक्षक खेलमा म्यान अफ दी म्याच घोषित भए । उनले ट्रफीको साथमा नगद ५ हजार पुरस्कार हात पारे । खेलमा नाट्सुकी, रोयटा, कप्तान ताकुवा हितोमी, ओमुरो लगायतका खेलाडीहरुले पटक पटक एपिएफ विरुद्ध पोष्टमा चार्ज गर्दा एफिएफका गोल रक्षक राजु नगरकोटीले उत्कृष्ट बचाउ गर्न सफल भए । खेलको ९३ औं मिनेटमा डि–बक्स नजिकबाट रोयटाले पोष्टमा चार्ज गरेको वल दोश्रो बारेमा लागे रिवाउण्ड भएको थियो । यस्ता धेरै अवसर गुमेको जापानले प्रतिकुल मौसमका कारण हिलाम्मे मैदानमा अघिल्लो खेल जस्तो फिनिसिङ गर्न चुक्यो । एपिएफले एउटा मात्र पाएको अवसर गुम्यो । सुदिप सिंखकारको फ्रिकिक वललाई करिब पेनाल्टी एरियामा रहेका रमेश डंगोलले हेड गर्दा विपक्षि गोलरक्षक केईसुके फुकाया उत्कृष्ट बचाउ गरे ।

जापानीज टिमका कोच टुकुरियो ताकेसीले आफ्नो टिमको रिबाउण्ड बलमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा पराजित हुनु परेको बताए । नेपालमा दुई विभागीय टीम नेपाल पुलिस र एपीएफसँग खेल्दा नेपालकी फुटबल कौशल राम्रो रहेको उनले बताए । एपीएफ प्रशिक्षक राजेन्द्र तामाङले विपक्षीले जहाँ जहाँ बल खेल्छ त्यही रोक्ने रणनितीमा खेलेका कारण जित भएको बताए । प्रतिकुल मौसमका कारण विहिबार स्थगित भएको खेल शुक्रबार भएको हो ।

भेलि(शनिबार) दोश्रो सेमिफाईनल खेल डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लब बिरुद्ध पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमली बिच हुनेछ । शनिबारको विजेतासंग ७ लाख नगद सहितको पुरस्कारको लागि आईतबार फाईनल खेल हुने भएको एन्फा कास्कीले जनाएको छ । ब्रिगेट व्वाईज क्लबलाई टाईब्रेकरमा पराजित गर्दै डिफेन्डिङ च्याम्पियन मनाङ सेमिफाईनलमा यात्रा बनाउदा क्यामरुनको डफिन्स टिम फेमलीले थ्रि स्टार क्लबलाई पराजित गर्दै सेमिफाईनलमा यात्रा पक्का गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button