‘संस्कृति संरक्षणमा जोड’: सचिव गुरुङ

पोखरा न्यूज -२५ , माघ ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले गुरुङ जातिको भाषा, धर्म, संस्कृतिको संरक्षण एवं संवर्धनमा जोड दिन आवश्यक रहेको बताएका छन् ।

तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद् काठमाडौँको आयोजनामा आज दमौलीमा आयोजित ऐतिहासिक दोस्रो केन्द्रीय पार्षद् सभाको उद्घाटन गर्दै उनले भाषा संस्कृतिको धनी रहेको गुरुङ समुदाय पुरानो ढङ्गबाट मात्रै नभई आधुनिकतातर्फ पनि उन्मुख हुन जरुरी रहेको बताए। देश एउटा बाटोमा गइसकेकाले गुरुङ जाति पनि सोहीअनुरुप लाग्न सक्नुपर्ने उनको भनाइ छ ।

पूर्वराज्यमन्त्री इन्द्रबहादुर गुरुङले सरकारले ल्होछार, उभौलीजस्ता पर्वको बिदा कटौती गरेर गुरुङ जातिलाई अपमान गरेको आरोप लगाए । आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष जगतमानसिं बरामले गुरुङ समुदायले परिकल्पना गरेको तमुवान प्राप्त गर्न नसके पनि कुनै दिन तमुवान बनाउने दीर्घकालीन सोचका साथ अघि बढिरहेको बताए ।

Loading...
© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close