पोखरामा सरकारी गाडी आगजनी आरोपमा पक्राउ ३ नेवि संघका नेता रिहा

डिएनबी, पोखरा न्यूज -२५ , माघ ।

पोखरामा सरकारी गाडी आगजनी गरेको आरोपमा पक्राउ परेका ३ जना नेविसंघका नेता रिहा भएका छन् । जिल्ला अदालतका न्यायाधीश काजीबहादुर राईको शुक्रबार एकल इजलासले उनीहरुलाई साधारण तारेखमा छाड्न आदेश दिएसंगै उनीहरु रिहा भएका हुन् ।

प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता विश्व घिमिरे लगायतले बहस गरेका थिए । रिहा हुनेमा नेविसंघका नेता परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेल रहेका छन् । माघ १९ गते पोखरा महानगरीय शिक्षा महाशाखाको गाडीमा आगजनी गरेको अभियोगमा प्रहरीले मुद्दा चलाएको थियो । झुठा मुद्दा फिर्ता गर्नु पर्ने माग गर्दै नेविसंघले पोखरामा चरणबद्ध आन्दोलन गर्दै आएको थियो ।

पक्राउ परेका बिद्यार्थी रिहा भएसंगै नेविसंघले घोषित सबै प्रकारका आन्दोलनका कार्यक्रम फिर्ता लिएको नेविसंघ केन्द्रीय सदस्य भानु ढकालले बताए । रिहा भएका बिद्यार्थीहरुलाई शुक्रबार पोखरामा अविर जात्रा गरिएको थियो । सरकारी गाडी आगजनीको आरोपमा पक्राउ परेका राजेन्द्र बराल र लक्ष्मी पौडेल यस अघि रिहा भएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button