गण्डकी प्रदेशका दुई विधयेक प्रमाणिकरण

पोखरा न्यूज- २७, माघ ।

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले आइतबार दुई वटा विधेयक प्रमाणिकरण गरेका छन् ।

‘बर, पिपल, समि र चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ का पाँच-पाँच प्रतिमा हस्ताक्षर गरि प्रमाणिकरण गरेका हुन् । गण्डकी प्रदेश सभाले माघ ८ गते पारित गरेका दुई विधेयकलाई गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीले माघ १५ गते प्रमाणित गरेपछि गण्डकी प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो ।

नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणिकरण गरि त्यसको सूचना यथासम्भव चाँडो प्रदेश सभालाई दिनुपर्ने व्यवस्था छ । सोही धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि विधेयक ऐन बन्छ ।

गण्डकी प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव एवं सूचना अधिकारी विश्व प्रकाश न्यौपानले प्रदेश प्रमुख कुँवरले प्रमाणिकरण गरेका ती विधेयकमध्ये एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको जानकारी दिए । सूचना अधिकारी न्यौपानले बाँकी चारप्रतिमध्ये आईतबार नै आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश सभाको सचिवालय र संघिय कानून तथा संसदिय व्यवस्था मन्त्रालयमा एक÷एक प्रति पठाइएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button