राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई

पोखरा न्यूज- २७, माघ ।

मन्थली मेयर कप रामेछाप सिभिल च्याम्पियनसिप चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ ।

आज भएको फाइनल खेलमा गण्डकी प्रदेशले नमूनादीप युवा क्लबलाई २५–२२, २५–२१ र २५–१८ अङ्कले हराउँदै उपाधि हात पारेको हो । उपाधिसँगै गण्डकीले रु तीन लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता नमूनादीप युवा क्लबले रु दुई लाख पुरस्कार पाएको छ । प्रतियोगितामा तेस्रो भएको मन्थलीको शान्तिदीप युवा क्लबले रु एक लाख र प्रदेश नं १ ले सान्त्वना स्वरुप रु ५० हजार पुरस्कार प्राप्त गर्यो ।

माघ २२ गतेदेखि शुरु भएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडी गण्डकीका हरिनारायण पाण्डेले रु १५ हजार पुरस्कार पाए । उत्कृष्ट सर्वर शान्तिदीपका प्रताप खवास, उत्कृष्ट ब्लकर गण्डकीका बलीराम चौधरी, उत्कृष्ठ स्पाइकर नमूनादीपका कुलबहादुर थापा, उत्कृष्ट डिफेन्डर गण्डकीका राजन दर्लामी, उत्कृष्ट सेटर गण्डकीका सुजन चखाल र उत्कृष्ट प्रशिक्षक गण्डकीका राजुकुमार गुरुङ भए । उनीहरुले जनही रु १० हजार पुरस्कार पाए ।

मन्थली नगरपालिका सहआयोजक रहेको सो प्रतियोगिताका विजयीलाई प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले पुरस्कार वितरण गरेका थिए । यसअघि तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button