आकारुई एजुकेशन कन्सल्टेन्सीको छैंठौ शाखा पोखरामा

पोखरा न्यूज – २७, माघ

पोखरामा आकारुई एजुकेशन कन्सल्टेन्सीले साखा विस्तार गरेको छ । चितवनको नारायणगढमा मुख्य कार्यालय रहेको कन्सल्टेन्सीले आफ्नो छैंठौ शाखा पोखराको सिर्द्धार्थचोकमा विस्तार गरेको हो ।

जापान अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले पोखरामा साखा स्थापना गरेको कन्सल्टेन्सीका पोखरा शाखा प्रमुख दोलख थापाले जानकारी दिए । कन्सल्टेन्सीबाट विद्यार्थी भिसामा जापान जान चाहने विद्यार्थीहरुको लागि जापानमै अध्यन गरेर आएका दक्ष प्रशिक्षकबाट परामर्श सहित जापानिज भाषा अध्यापन गराइने उनले बताए ।

कार्यक्रममा आकारुई एजुकेसन कन्सल्टेन्सीको प्रधान कार्यालय नारायणगढका प्रमुख प्रज्ववल पौडेलले आफुहरुले सन् २०१३ सालबाट जापान अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै हालसम्म ५ सय भन्दा बढी विद्यार्थीहरुलाई विद्यार्थी भिसामा जापान पठाइसकेको बताए ।

कन्सल्टेन्सीले जापानको बसाई, हावापानी, भौगोलिक अवस्था, रीतिरिवाज तथा कार्यवाताबरणका बारेमा अनुभवी एवम् दक्ष जनशक्ति मार्फत्  परामर्श दिदै आएकोले आफ्ना कन्सल्टेन्सीबाट विद्यार्थीहरु बढी लाभान्वित भएको पौडेलले दाबी गरे । नारायणगढमा प्रधान कार्यालय रहेर कन्सल्टेन्सीले पोखरा सहित वर्दिवास, टाडी, कावासोती र धनगढीमा शाखा संचालन गरेको पौडेलले बताए ।

कन्सल्टेन्सीको आइतबार एक कार्यक्रमका बिच प्रशिक्षक तथा बिभिन्न शाखा कार्यालय प्रमुखहरुको समुपस्थितिमा उद्घाटन  गरिएको हो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button