सांसद गुरुङद्वारा पोखरा बहुमुखी क्याम्पसमा २ लाखको अक्षयकोष

पोखरा न्यूज-२७, माघ ।

गण्डकी प्रदेश सांसद मीना गुरुङले पोखरा बहुमुखी क्याम्पसमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकी छन् ।

वसन्तपञ्चमी एवं श्रीपञ्चमी अवसरमा आइतबार क्याम्पसको विद्यार्थी कल्याणकारी संघले आयोजना गरेको कार्यक्रममा सांसद गुरुङले सो रकम क्याम्पस प्रमुख शिशुकला पराजुलीलाई हस्तान्तरण गरिन् । अक्षयकोष रकमबाट वार्षिकरुपमा गरीब तथा जेहेन्दार विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्नेछन् ।

सोही क्याम्पसमा स्तातक अध्ययनरत् गुरुङले आफूले पढेको क्याम्पसमा सरस्वती पूजाकै दिन यसरी सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । उनले आँखाले देखेसम्म र मस्तिष्कले काम गरेसम्म पढाइ नछाड्ने र समाजमा अरुको लागि समेत पढाइको महत्व बुझाउँदै उदाहरणीय बन्ने जनाइन् ।

हङकङ व्युटी इन्स्टिच्युट प्रालि तथा क्लारा इन्टरनेशनल स्पा एवं व्युटी कलेजकी प्रमुख कार्यकारी अधिकृत समेत रहेकी सांसद गुरुङ जिफन्ट केन्द्रीय उपाध्यक्ष समेत हुन् । उनले आफ्नो व्यवसाय संचालन गर्दैदेखि हुने नाफा सामाजिक सेवामा लगाउँदै आएकोमा सांसद भत्ता एवं सुविधा सुरुवातदेखि नै नलिने घोषणा गरेकी छन् । सो भत्ता एवं सुविधा उनले गरीब तथा विद्यार्थी, वृद्धवृद्धा, अपांगता भएका व्यक्ति, असहाय महिला लगायतको सहयोगमा खर्चिदैआएको बताइन् ।

Loading...

क्याम्पस प्रमुख पराजुलीले सहयोगप्रति आभार प्रकट गर्दै सांसद गुरुङको सदा सफलताको कामना गरिन् । क्याम्पसका प्राध्यापक पत्रकार सन्तोष पोखरेलले सांसद गुरुङको परिचय फराकिलो रहेको र कमाएको रकम सामाजिक सेवामा लगाउनु अनुकरणीय भएको बताए । सांसद गुरुङ आफ्नो पनि विद्यार्थी भएको र पढाइप्रतिको लगनशीलताप्रति खुसी व्यक्त गरे ।

विद्यार्थी कल्याणकारी संघ अध्यक्ष विजय नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संघ सदस्य रोशन पौडेलले गरेका थिए । करिब ५ सय विद्यार्थी रहेको पोखरा बहुमुखी क्याम्पसमा हाल व्यवस्थापन र मानविकी संकायमा पढाइ हुँदैआएको पूर्व सहायक क्याम्पस प्रमुख महेन्द्र रिमालले जानकारी दिए । सो अवसरमा विद्यार्थीले सरस्वतीको पूजाआजा गरेका थिए ।

Loading...
Loading...

प्रतिक्रिया

तपाईको इमेल गोप्य रहनेछ / प्रतिक्रिया लेखेर नाम र इमेल भर्नुहोस् *

Close