‘विधिको शासनबाटै सुशासन’: प्रदेश प्रमुख कुँवर

पोखरा न्यूज- २८, माघ ।

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले विधिको शासनबाटै सुशासन कायम गर्न सकिने बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले योगले कानून अनुरुप यो वा त्यो नभनी शुद्ध आचारणका साथ आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने आवश्यकता औंँल्याए ।

गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले प्रत्येक राष्ट्रसेवक कर्मचारीले आफ्नो जिम्मेवारी र दायित्वलाई आत्मसात गरी काम गर्न सके मात्र जनताले अपेक्षित सुविधा पाउने धारणा राखे ।

आयोग पोखरा कार्यालय प्रमुख काशीराज दाहालले भ्रष्टाचार नियन्त्रणमा सबैको साथ र सहयोग अपरिहार्य हुने धारणा राखे । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्व उपाध्यक्ष आनन्दराज मुल्मीले भ्रष्टाचाररहित समाजको निर्माणका लागि आयोगले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए  ।

© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close