पोखराको सिमानामार्गमा बाटो निर्माण कार्य रोक्न वडाध्यक्षको आदेश

पोखरा न्यूज- २८, माघ ।

जनताको सेवा गर्न निर्वाचित भएका जनप्रतिनिधिले नै विकास निर्माणका कार्य रोक्न उद्धत हुने खबर बिरलै हुन्छन । तर कास्कीको पोखरा महानगरपालिका वडा नं ५ को सिमानामार्ग बासटारी धारापानी बाटो निर्माण कार्य रोक्न वडा अध्यक्ष धन बहादुर नेपाली र वडा सदस्य अन्जु के.सी नै कस्सिएर लागेको रहस्य बाहिरिएको छ ।

महानगरपालिकाका प्राविधिकले तयार पारेको लागत स्टीमेटका आधारमा पचास प्रतिशत महानगरको अनुदान शीर्षकमा निर्माण सम्झौता भई बाटो निर्माणको काम पनि अगाडी बढीसके पनि वडाले हस्तक्षेप गरि निर्माण कार्य रोकेको छ । महानगरपालिकाको लागत भन्दा बढी रकम खर्च गर्ने गरि निर्माण कार्य भैसकेको अबस्थामा एकाएक वडाले निर्माण कार्यमा रोक लगाउनु आश्चर्यको कुरा भएको बाटो उपभोत्ता समितिका अध्यक्ष युवराज खतिवडाले बताए । आफुहरु पटक पटक महानगर र वडामा ताकेता गर्दा पनि वडाले आवश्यक समन्वय गर्नुको साटो कुनैपनि हालतमा निर्माण अगाडी नबढाउनु भन्ने आदेश गरेपछि उपभोत्ता समस्यामा परेको उनले जानकारी दिए ।

उक्त क्षेत्र अहिलेसम्म महानगरपालिका भएपनि ओझेलमा पर्दे आएको र अहिले बाटो निर्माण कार्य आरम्भ हुँदा स्थानिय खुशी भएपनि वडाले व्यक्तिगत पुर्वाग्रह राखेर निर्माण रोकेको उपभोत्ता समितिका अध्यक्ष युवराज खतिवडाले आरोप लगाए । सोमबार उपभोत्ता र वडा अध्यक्ष तथा वडा सदस्य अन्जु के.सी सहितको संयुक्त छलफलमा वडाध्यक्ष धनबहादुर नेपालीले बाटो निर्माण कार्य अगाडी बढाउन आफुहरु सहमत नभएको स्पष्ट पारे । अध्यक्ष नेपालीले उपभोत्ता समिति परिवर्तन गरेर मात्र काम गर्ने पनि बताए । महानगरपालिकाको प्रवत्ता समेत रहेका नेपालीले युवराज खतिवडाको टिमलाई काम गर्न दिन आफु तयार नभएको जानकारी दिए ।

अध्यक्ष खतिवाडाले भने महानगरले दिएको पचास प्रतिशत रकम र उपभोत्ताले दिएको केही रकममा अपुग भए आफुहरुले व्यक्तिगत रुपमा खर्च गर्न तयार हुँदा समेत वडाले बखेडा निकालेको बताए । आफुहरु समाजसेवा गर्छू भन्दा वडाध्यक्ष रिसले डुबेको उनको भनाई छ । योजनामा कमिसन माग्ने र नपाए अनेक बखेडा निकाल्ने परम्परामा वडाध्यक्ष र वडा सदस्य लागि परेको खतिवडाको आरोप छ । उनले वडा सदस्य अन्जुले आफुसँग प्रति कामदार एक सय रुपैया कमिसन मागेको आरोप समेत लगाएका छन । उनिहरुले मागेको कमिसन दिन आफु तयार नभएपछि बिभिन्न बाहना बनाएको खतिवडा बताउछन् । वडा सदस्य अन्जुले आफ्नो घर अगाडी तोकेको मापदण्ड अनुसार भत्काउन रोक लगाएको बिषय पनि केही समय अगाडी बाहिर आएको खतिवडाको भनाई छ । नागरिकले आफ्नो घर वरपर बाटो निर्माण गर्छू भन्दा पनि रोक लगाउने जनताको प्रतिनिधि हुन नसक्ने भन्दै वडा कार्यलयमा अन्य उपभोत्ताहरु पनि आक्रोशित भएका थिए ।

खतिवडालाई देखाएर आफुहरुको विकास रोक्न खाजेको भन्दै उपभोक्ता समितीका उपाध्यक्ष योगराज पौडेलले आपत्ती जनाए । विकास रोक्नका लागि जनप्रतिनिधि आएको हो जस्तो हामिलाई लाग्दैन , विकास गर्नको लागि आएको भए त जनताले निर्माण सुरु गरेको योजना लथालिङ्ग पार्न लाग्नु हुन्थेन, पौडेलले भने । छलफलमा स्थानिय सुभद्रा कोईरालाले बिकासको काममा हातेमालो गनूृको साटो अनावस्यक कुरा गर्नु वाहियात कुरा भएको बताईन् । स्थानिय बिष्णु गौतमले हामिहरु बर्षोसम्म पछि परेको स्थानमा विकास हुदा समर्थन गर्नको साटो विकास रोक्ने हास्यास्पद कुरा भएको बताए ।

के हो बास्तबिकता ?

पोखराका मध्य भागबाट केही मिनेटको पैदल यात्रा बाट पुग्न सकिने उक्त क्षेत्र बत्तीमुनिको अध्यारो जस्तै छ । रैथानेहरुको बसोबासबाट विस्तारै विकासतर्फ लम्कदै गरेको त्यस क्षेत्रमा १९ रोपनी १३ आना २ पैसा १ दाम क्षेत्रफल जग्गा दर्ता प्रकृया उन्मुख छ । उत्त जग्गामा अहिले करिब १ सय २७ वटा पक्की घरहरु छन । कित्ता नं ६९३ (पुरानो) भित्र रहेको पुर्खादेखि भोगचलनमा आएको तर लालपुर्जा नभएको जग्गामा उपभोक्ता समितिका अध्यक्ष युवराज खतिवडा पनि बस्छन् । महानगरले खतिवडाको घर भत्काउन डोजर लगाएको थियो । पर्ति जग्गामा घर निर्माण भएको भन्दै महानगरले खतिवडाको नाममा घर भत्काउन चिठी काटेपनि घर नभत्काएपछि महानगरको डोजर गएको हो ।

खतिवडाले भने वडाले आफुलाई मात्र टार्गेट गरेको कारण आफुले नभत्काएको बताए । एक त उक्त जग्गा सम्मानित अदालतमा विचाराधिन अबस्थामा छ, अर्को त्यहाँ आफु बाहेक दर्जनौ बिल्डीङ्ग छन्, उनले भने । अरु कसैको केही नगर्ने खाली म माथि मात्र आक्रमण गर्ने काम वडाले गरेको उनको भनाई छ । अदालतको रिटलाई आधार मान्दा उक्त जग्गा पर्ति नभएको पनि देखिन्छ ।

वडाले बाटो निर्माणमा देखेको प्रगती र स्थानियमा आउने बिकास देखेर डाहा गरेको खतिवडा बताउछन्। वडा र महानगरले पर्ति जग्गा भनेर दावि गरेपनि खतिवाडाले दर्ता छुट जग्गा भएको आफुहरु संग प्रमाण भएको र अदालतमा बिचाराधिन अबस्थामा रहेको स्पष्ट पारे । कतिपय अदालतको फैसला समेत महानगर र वडाले कार्यान्वयन नगरेको अबस्थामा आफुलाई मात्र नियतबस यस्तो गरिएको उनको दावि छ । उत्त क्षेत्रका केही स्थानिय बासिहरु पनि खतिवडाले स्थानियमा गरेको सामाजिक काम देखेर वडा डराएको बताए ।खतिवडाको नेतृत्वमा उत्त क्षेत्रमा पानी, बिजुली,बाटोको नयाँ रुट बिस्तार जस्ता कार्यहरु भएका छन । जग्गा र घरको कुरा वडाले अहिले मात्र देख्नु नै पूर्वाग्रह राखिएको खतिवडाको दावि छ ।

आफुहरु ५ बर्ष पहिला देखि बस्दै आएको र अहिले पनि कमिसन दिन नमानेपछि मात्र युवराजको मात्र घर अबैध देख्नु भ्रष्ट मानसीकता भएको उनको आरोप छ । आफ्नो घर भत्काउने कुरा कुनै ठुलो कुरा नभएको खतिवडा बताउछन । यदि बाटो निर्माणको कार्यमा वडाको सहयोग हुन्छ भने आफुहरु घर भत्काउन तयार भएको खतिवडाले वडाध्यक्ष सामु स्पष्ट पारे । आफुहरुले गरेकोे बिकासमा बाधा हुने कुरा नै दुखद भएको उनको भनाई छ । यद्यपि खतिवडाको घर अगाडीको सडक ३५ फिट छ । सोही रुटमा अन्यत्र भने २२ फिट मात्र रोड कायम छ ।

खतिवडा हुदैन : वडा अध्यक्ष नेपाली

पोखरा महानगरपालिका प्रवक्ता तथा वडा नं. ५ का वडाध्यक्ष धनबहादुर नेपालीले बाटो निर्माणको काममा युवराज खतिवडालाई कुनै पनि हालतमा नदिने जानकारी दिए । उपभोक्ता समित परिबर्तन गरेर काम गर्ने उनको भनाई छ । वडाअध्यक्ष नेपालले खतिवडाले पर्ति जग्गामा घर बनाएको र महानगरको आदेश उल्लंघन गरेकाले उनले बाटो समेत बनाउन नपाउने दावि गरे ।  बाटो र्निमाण र खतिवडाको घर संग के संबन्ध छ भन्ने बिषयमा उनले त्यो आफुहरुको निजि कुरा भएकाले स्पष्टीकरणको आबस्यकता नभएको दावि गरे । अन्य घरहरु भत्काउने बिषयमा पनि वडाअध्यक्ष नेपालीले आफुहरुको ब्यात्तिगत चाहनामा भर पर्ने भएकाले जवाफ दिईरहन नपर्ने दावि गरे । कानुन सबैलाई लाग्नु पर्ने हैन? भन्ने स्थानियको प्रश्नमा समेत वडाअध्यक्ष नेपालली त्यो बिषयमा आफु प्रबेश नगर्ने भन्दै जवाफ दिएनन् । खतिवाडको घर भत्काएर पनि आफुहरु बाटो र्निमाणमा खतिवडा संग सहकार्य गर्ने कुरामा सहमत नभएको वडाअध्यक्ष नेपालीले छलफलको क्रममा स्पष्ट पारे ।

हालसम्म र्निमाण भएको बाटोको खर्च खतिवडा आफैले गरेका छन । सोे क्षेत्रमा हालसम्म करिव करोड बराबर लगानी भैसकेको खतिवडाले दावि गरेका छन । प्राबिधिक हिसाबले चेकजाँच गर्न पर्ने भएपनि आफुहरु जुनसुकै बेला तयार भएको पनि उनि बताउछन । निजि लगानीमा समुदायको सहमतिमा बिकासको काम गर्दा समेत अनेक बाहाना बनाउदा आफुलाई अत्यन्त दुःख लागेको उनले गुनासो गरेका छन । वडाअध्यक्ष नेपालीले खतिवडालाई निषेध गरेपनि उपभोत्ताहरु भने खतिवडाकै पक्षमा देखिएका छन । उनिहरु निजि लगानीमा बिकास गर्न चाहनेलाई रोक्नेहरु नै गलत भएको छलफलमा सहभागि स्थानियले एकैस्वर गरेका थिए । एउटा ब्यात्तिकै पछाडी वडा कार्यालय किन लागेको छ ? रहस्यको बिषय यही हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button