पोखराको लेकसाइडमा १४ बर्षीय बालकको घाँटी रेटेर हत्या

पोखरा न्यूज- २९ , माघ । पोखराको लेकसाइडमा मंगलबार एक १४ बर्षीय बालकको हत्या भएको छ ।

पाल्पा घर भइ लेकसाइडमा आमासँग बस्दै आएका सचिन सिन्जालीको घाँटी रेटेर हत्या गरेको अवस्थामा हल्लनचोक स्थित निर्माणाधीन एक भवनमा शब् फेला परेको हो ।

बालकको सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरेर हत्या भएको हुनसक्ने वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी नविन कार्कीले पोखरा न्युजलाई बताए ।

हल्लनचोकको चिल्लिवार रेस्टुरेन्ट अगाडि निर्माणाधीन भवनको भुइँ तलामा सडक बालबालिकाहरु सुत्ने गरेको पाइएको उल्लेख गर्दै  डिएसपी कार्कीले बालकको सुतिरहेको अवस्थामा हत्या भएको हुनसक्ने  बताए ।

घटना रातिको समयमा घटेको र आफुहरुले राति २:३० बजे घटनास्थलमा आएर अनुसन्धान थालेको बताउदै डिएसपी कार्कीले एक जना संकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको समेत बताए । घटनामा सडक बालबालिकाको संलग्नता रहेको पनि हुन् सक्ने जनाउदै  डिएसपी कार्कीले अनुसन्धान भइरहेकोले अहिले यसै हो भन्न  नसकिने बताएका छन् ।

घटनास्थल बाहिर सर्वसाधारण

बालकका बाबु गोबिन्द सिन्जालीले लेकसाइडकै शान्ति पाटनमा फ्रेसहाउस संचालन गर्दै आएका छन् । बाबु गोबिन्दले बालक प्राय उनकी आमासँग हल्लनचोकमा बस्ने गरेको र दिनको एक पटक आफ्नो पसलमा आउने गरेको बताए । ‘हिजो बिहान मेरो पसलमा आएको थियो बिहान १० बजेसम्म म संगै थियो राति यस्तो घटना घटेछ’- उनले दुखित हुदै भने ।

छोरा आफुसँग बस्ने नगरेको र  पहिले हजुरआमा बस्ने गरेको बताउदै बाबु गोबिन्दले  प्राय आमासंगै  बस्छु भनेर भन्ने गरेको र कहिले साथीहरुसँग सुत्छु भन्ने गरेको बताए । उनले आफ्नो  श्रीमती सँग बोलचाल नभएको  १२ बर्ष भएको बताउदै छोरा आफु सँग पैसा माग्न जाने गरेको बताए । गोबिन्दका  २ छोरा मध्ये सचिन कान्छा छोरो हुन् ।

भावबिहल अवस्थामा बालककी आमा सुनिता मगर

घटनापछि बालककी आमा सुनिता मगर भावबिहल भएकी छन् । उनि बोल्न सक्ने अवस्थामा छैनन् । आमा सुनिताले लेकसाइडको हल्लनचोकमा अनन्तरा स्पा संचालन गर्दै आएको छन्   ।

शब् फेला परेको निर्माणधीन भवन

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button