पोखराको भरतपोखरीमा मेलमिलाप केन्द्र

पोखरा न्यूज- २९, माघ ।

पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा आजदेखि मेलमिलाप केन्द्र सञ्चालनमा आएको छ ।

केन्द्रको पोखरा महानगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले एक कार्यक्रमकाबीच उद्घाटन गरीन् ।

कार्यक्रममा उपप्रमुख गुरुङले वडा स्तरमा न्यायिक सेवा प्रदान गर्ने लक्ष्यका साथ मेलमिलाप केन्द्र सञ्चालनमा ल्याइएको बताउँदै कुनै पनि आग्रह पूर्वाग्रहमा नलागी मध्यस्तकर्ताले मेलमिलापको वातावरण तयार गर्नुपर्ने धारणा राखिन् ।

पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले मध्यस्तकर्ता जिम्मेवार नबन्दासम्म न्यायिक सेवा प्रभावकारी नबन्नेमा जोड दिदै प्रत्येकले आफ्नो जिम्मेवारीलाई आत्मसात गर्नुपर्ने बताए  ।

राममणि अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा साविक भरतपोखरी गाउँ विकास समितिका पूर्व अध्यक्ष यज्ञप्रसाद अधिकारी, समाजसेवी केशरप्रसाद निर्दोर्षी, न्यायिक समितिका सदस्य किशोर बराल लगायतले मेलमिलाप केन्द्रबाट प्रदान गरिने न्यायिक सेवा यो वा त्यो नभनी निष्पक्षताका आधारमा हुन सकेमा यस प्रतिको आस्था विश्वास बढेर जाने बताए । भरत पोखरीमा हाल १३ जना मध्यस्तकर्ता छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button