पोखरामा आइटीएफ यु–१८ सर्किट २ टेनिस जारी

पोखरा न्यूज- २९, माघ ।

अन्तर्राष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा १८ वर्ष मुनिको आइटीएफ टेनिस प्रतियोगिता अन्तर्गतको सर्किट २ का खेल जारी रहेका छन् । प्रतियोगितामा मंगलबार पुरुष एकल तथा महिला एकलतर्फ विभिन्न प्रतिस्पर्धाहरु सम्पन्न भए ।

मंगलबार पुरुष एकलतर्फ भएका खेलहरुमा भारतका आदित्य बरदान राय चौधरीले हङकङका केल लोक इन ताङलाई ७–६ र ६–३ ले पराजित गरे । त्यसैगरि भारतका सार्थक सुदेनले नेपालका अभिनाव आचार्यलाई ६–१, ६–० ले, जापानका केइजु मियाकेले ताइवानका यु सुन लाइलाई ६–२, ६–१ ले पराजित गरे ।

महिला एकलतर्फको खेलमा नेपालका अभिलाषा विष्टले चाइनाका इटोङ झाङलाई ६–४, ६–२ ले पराजित गरिन् । त्यसैगरि भारतका रेन्नी सिंग्लाले चाइनाका युछुआन लुओलाई ६–२, ६–२ ले, भारतका रिया बोभेजाले चाइनाका जियु झाङलाई ६–१, ३–६ र ६–२ ले, श्रीलंकाका अञ्जलीका कुरेराले भारतका मैत्रि दिक्षा राउतलाई ४–६, ६–१ र ६–३ ले, ताइवानका स्किआ कुङले भारतका इनिका रेड्डीलाई ६–२, ६–२ ले पराजित गरिन् ।

मंगलबारनै पुरुष डबल्सतर्फ भएका खेलहरुमा मलेशियाका जियान केंङ्ग ताकेशि र फिलिपिन्सका जोसे एन्टोनियो ट्रियाको जोडीले चाइनाका माओ जाओ र जिछुवान लि को जोडीलाई ६–२, ६–१ ले, भारतका आदित्य बरदान राय चौधरी उदयबिर सिंहको जोडीले नेपालका प्रनव खनाल र कोरियाका जुविन किमको जोडीलाई ६–२, ६–४ ले, हङकङका केल लोक यिन ताङ र भारतका जेराल यासिनको जोडीले नेपालका आर्यन गिरी र चाइवानका यु शुन लाइको जोडीलाई ६–१, ६–३ ले, जापानका जेनी इनोक र केइजु मियाकेको जोडीले जर्मनका पउल र अमेरिकाका हनु पटेलको जोडीलाई ६–२, ६–२ ले पराजित गरेका छन् ।

महिला डबल्सतर्फको खेलमा नेपालमा अभिलाषा विष्ट र श्रीलंकाका अञ्जलीका कुरेराको जोडीले भारतका रुसीका र नेपालका सुभांगी लक्ष्मी शाहको जोडीलाई ६–२, ६–१ ले पराजित गरेका छन् । नेपालकै प्रेरणा कोइराला र सलोनी तामाङ्गको जोडीले भारतका श्रृष्टि धिर र इनिका रेड्डीको जोडीलाई ६–२, ६–२ ले पराजित गरे । अन्य खेलहरुमा चाइनाका क्ङ्गिलिन झाङ र जिछुअन जेङको जोडील जापानका जुलिया दैया बार्देन र रिसा ओनोको जोडीलाई ६–२, ६–३ ले, चाइनाका लि यु लियु र इटोङ झाङको जोडीले नेपालका इशा श्री शाह र अमेरिकाका माहिका गुप्ताको जोडीलाई ६–०, ६–० ले, भारतका अमिका किरण र हंगेरीका अन्ना लाजोसको जोडीले नेपालका एनी माथेमा र भारतका बान्ही पाञ्चलको जोडीलाई ६–१, ६–१ ले पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेका छन् ।

© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close