बागलुङमा प्याराग्लाइडिङको सफल परीक्षण

पोखरा न्यूज- २९, माघ ।

बागलुङको बलेवामा पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ ।

पोखराको लेक भ्याली प्याराग्लाइडिङ कम्पनीले आज सफल परीक्षण गरेको हो । बागलुङ नगरपालिका–१३ पैँञ्युपाटाको पहरेको धुरीबाट प्याराग्लाइडिङ गरी वडा नं १४ नारायणस्थानमा रहेको विमानस्थलनमा सफल अवतरण गरिएको पाइलट टेकबहादुर थापाले बताए ।

प्रथम बलेवा महोत्सवका अवसरमा मुख्य आकर्षणका रुपमा प्रस्तुत गर्न लागिएको प्याराग्लाइडिङको आज परीक्षण उडान गरिएको थियो । परीक्षण सफल भएपछि महोत्सव अवधिभर छ प्याराग्लाइडिङ उडान गर्ने आयोजकले जनाएको छ ।

पोखरामा भइरहेको प्याराग्लाइडिङलाई बलेवामा पनि व्यावसायिकरुपमा सञ्चालनमा ल्याउने उद्देश्यका साथ परीक्षण गरिएको नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानका अध्यक्ष भरत पौडेलले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button