फेवाताल सडक छेउमा तारबार नहुँदा दुर्घटनाको उच्च जोखिम

डिएनबी,पोखरा न्यूज- ०१ फागुन ।

पोखराको फेवाताल डिल भिरको सडक छेउमा तारबार नहुदा सडक दुर्घटनाको उच्च जोखिम रहेको स्थानियले गुनासो गरेका छन् ।फेवातालको सिरान भाग पामे जाने बाटो अन्तर्गत गैराचौतारा, रातोमाटो लगायतका घुम्ती सहितको सडकको छेउमा तारबार नहुँदा सडक दुर्घटनाको उच्च जोखिम रहेको स्थानियकको गुनासो रहेको छ ।

स्थानिय शिव देवकोटाले पोखराको पर्यटकीय गन्तव्यमा पर्ने फेवाताल किनारामा हिडडुल गर्ने चालक सहितका यात्रु, पर्यटकहरुलाई सडक छेउमा तारबार नहुँदा उच्च जोखिम रहेको बताए । आफुहरुले जनप्रतिनिधि वडा अध्यक्ष सहितका पदाधिकारीहरुलाई पर्यटकहरुको सुरक्षाको लागि भए पनि फेवाताल सडक छेउमा तारबार लगाउन पटक-पटक माग गर्दै आए पनि त्यसको हालसम्म कुनै सुनुवाई नभएको उनले गुनासो गरे । उनले भने “ भन्ने वेलामा हाम्रो जनप्रतिनिधिहरुले तपाईहरुका समस्या हामीले समाधान गछौं भनेर चुनाव जीत्नु भयो तर आज पटक-पटक एउटा जनसरोकारको बिषयमा उठाएको मुद्धाको कुनै सुनुवाई हुदैन, पोखराकै पर्यटन मन्त्री रविन्द्र अधिकारी भएको ठाँउमा यस्तो छ भने अन्य ठाँउमा कस्तो हालत होला यसमा हामीलाई नै निकै चिन्त्ता लागेर आएको छ । ” उनले सो क्षेत्रमा सडक बत्ती समेत आवश्यक भएको बताए ।

पोखरा जिरो किलोमिटरकी गंगा क्षेत्रीले आफुहरु स्कुटर चलायर फेवातालको शिरान भागमा घुमघाममा निस्कदा फेवाताल सडक छेउको भाग खुल्ला हुदा आफुहरुलाई निकै डर लाग्ने गरेको बताईन् । फेवाताल सडक छेउमा तारबार हुँदा तालको समेत संरक्षण हुने उनले बताईन् । यसै क्रममा पोखराको न्यूरोडका नवदिप गुरुङले साथीहरुसंग सार्ईकल चलाउदै गर्दा फेवाताल सडक छेउमा खुल्ला हुदा ठुलो सवारी साधनले कहिले काँहि बढी साईड मिच्दा आफुहरु खुल्ला डिलबाट तालमा खस्ने सम्भावना भएको जनाए । उनले यस्ता ठाँउमा रोड मार्किङ सहितको वार आवश्यक भएको बताए ।

यस बिषयमा पोखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापाले वडासंगको बजेट कम भएकोले गर्दा उक्त काम गर्नको लागि महानगरपालिकामा गत बर्ष नै करिब ५० लाख बराबरको प्रस्ताव पेश गरेकोमा हालसम्म कुनै सुनुवाई नभएको बताए । यस बर्षमा पनि प्रविधिकको राय सल्लाह अनुसार आवश्यक ठाँउमा फेवातालको सडक छेउमा वार लगाउने बिषयमा महानगरपालिकामा प्रस्ताव पेश गर्ने बताए । गैराकोचौतारा देखि सेतीबगरसम्म, सेदीबगर देखि रातोमाटासम्म करिब एक किलोमिटर क्षेत्रको सडक छेउमा तारबार लगाउन आवश्य भएको अध्यक्ष थापाले बताए । उनले भने “ तालको सौन्दर्यतालाई कायम राख्दै राम्रो प्रकारको तारबार राख्नु पर्छ, यसको लागि महानगरको बजेट नै आवश्यक पर्छ वडाको बजेटले पुग्दैन, हाईवेमा राखिने प्रकारको तारबार आवश्यक हुन्छ । ” पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले फेवाताल सडक छेउमा तारबार लगाउने बिषयमा आफुहरुले गहिरो अध्ययन अनुसन्धान गरी प्राविधिको राय सल्लाहको आधारमा तारबार लगाउने योजना भएको जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button