पोखरामा स्वर्णपदक विजेता महर्जन सम्मानित

पोखरा न्यूज – ०१ , फागुन ।

रत्न श्री जिम फिजिकल एण्ड फिटनेश क्लबले विश्वस्तरिय वडिविल्डिङ प्रतियोगितामा स्वर्ण पदक जितेर नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल महेश महर्जनलाई बुधवार पोखरामा सम्मान गरेको छ ।

सन २०१८ मा चियङमई सिटी थाइल्याण्डमा भएको १० औं वल्र्ड वडिविल्डिङ एण्ड फिजिक स्पोर्ट च्याम्पियनसिपमा पुरुष शारिरीक सुसंगठन प्रतियोगिताको ७५ केजी तौल समूहमा वडिविल्डर महर्जनले स्वर्ण पदक चुम्दै नेपालको नाम चिनाएका थिए। कार्यक्रममा महर्जनलाई रत्न श्री जिम नदिपुर, लेकसाइड, शान्तिनगर र लेकसाइडको तर्फबाट १ लाखसहित खादा र मायाको चिनोले सम्मान गरिएको थियो । पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा पोखरा वडिविल्डिङ संघका अध्यक्ष पवन प्रजापतीले २५ हजार र दि जाइन्ट फिटनेश बगरले १० हजार सहित खादा लगाएर सम्मान गरेको थियो।

कार्यक्रमका अतिथि पो.म.न.पा वडा नं. ३ का अध्यक्ष रविन्सन प्रजुले सबै खेल एकै प्रकारको नभएको र बडिविल्डिङ आफूलाईपनि मनपर्ने खेल रहेको बताएका थिए । नेपाल खेलक्षेत्रमा निकै पछाडि भएपनि महेश महर्जन जस्ता खेलाडीहरुले आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागी देश र समाजको लागि गरेको त्याग र तपस्यालाई कसैलेपनि विर्सन नहुने जानकारी गराएका थिए। त्यसै गरी कार्यक्रमका संयोजक तथा बडिविल्डर कमल भण्डारीले वडिविल्डिङ खेलको लागि लगानी, समय, व्यक्तिगत त्याग, पारिवारिक तथा सामाजिक सहयोग उत्तिकै आवश्यक रहेकोमा जोड दिदै भने ‘महर्जनले जुन देशलाई चिनाउने काम गर्नुभयो त्यसैगरी अन्य खेलाडी पनि महर्जन जस्तै उत्पादन हुन सकोस्’ ।

सम्मानित महर्जनले आफूलाई जुन पोखरेलीहरुले सम्मान गरेकोमा हार्दिक आभार व्यक्त गर्दै राज्यले वडिविल्डर खेलको विकासमा खासै ध्यान दिन नसकेको गुनासो व्यक्त गरे । ‘वडिविल्डिङ खेल अत्याधिक महंगो छ र राज्यले वर्षमा जम्मा ६ लाख दिएर ४ वटा गेमको गर्न लगाउछ मात्रै १ गेम खेलाउन पनि मुस्किल पर्न जान्छ क्रिकेट र फुटवलमा जुन लगानी गरिरहेको छ’ उनले भने ‘त्यसरी नै वडिविल्डिङलाई अझ बढि लगानी गर्न आवश्यक छ तर राज्यले खासै चासो र सहयोग गरेको छैन ।’  विक्रम उदासले सञ्चालन गरेको उक्त कार्यक्रम रत्नश्री जिमका संस्थापक अध्यक्ष शंकरमान उदासले समापन गरेका थिए।

Loading...

को हुन महर्जन ?

२०४० सालमा जन्मिएका महर्जन २०५३ सालबाट आफ्नो शरिरलाई फिट बनाउन जिम हल प्रवेश गरेका थिए। भने २०५९ मा दशौं धर्मश्री मा भाग लिई टप पाँचौंमा पर्न सफल भए । खेललाई निरन्तरता दिंदै मिस्टर नेपाल ३ पटक, १३ औं धर्मश्रीको ओभरअल च्याम्पियन, ४७ औं एशियन वडिविल्डिङ च्याम्पियनसिप पहिलो पटक भाग लिइ अन्तराष्ट्रिय अनुभव बटुलेका महर्जन ५० औं एसियन वडिविल्डिङ च्याम्पियनसिपमा ७५ केजी तौल समूहमा गोल्ड मेडल प्राप्त गरेका थिए।

Loading...
Loading...

प्रतिक्रिया

तपाईको इमेल गोप्य रहनेछ / प्रतिक्रिया लेखेर नाम र इमेल भर्नुहोस् *

Close