यस बर्ष गण्डकी प्रदेशमा हुने भनिएको लगानी सम्मेलन नहुने संकेत

डिएनबी, पोखरा न्यूज – २, फागुन ।

यस बर्ष गण्डकी प्रदेशमा हुने भनिएको लगानी सम्मेलन नहुने संकेत देखिएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा यही फागुन ४ गते प्रदेश सरकारले बार्षिकोत्सव मनाउने बिषयमा जानकारी गराउदै यस बर्ष हुने भनिएको लगानी सम्मेलन नहुने तर्फ संकेत गरेका हुन्।

उनले भने “ हामीले यसै बर्षमा लगानी सम्मेलन गर्ने भनेका थियौं, तर हामीले लगानी सम्मेलन गर्न सक्ने अबस्थामा छैनौ , प्रोजेक्टहरु पनि छैनन, विना प्रोजेक्ट हामीले लगानी सम्मेलन गर्नुको कुनै अर्थ रहदैन।” संघिय सरकारले पनि यसै बर्ष लगानी सम्मेलन गर्ने भएकोले त्यसलाई हेरेर वा आधार मानेर मात्र प्रदेश सरकारले लगानी सम्मेलन यस बर्ष गर्न कठिन हुने उनले बताए । उनले भने “अहिलेको तयारी हेर्दा र हाम्रो तयारी कम भएकोले गर्दा हामीले यस बर्ष लगानी सम्मेलन नहुन पनि सक्छ, ठ्याक्कै हामीले गर्देैनौं भन्ने कुरा पनि भएन, अन्तिम समयमा तयारी भएमा गर्न पनि सक्छौं । ” प्रदेश सरकारले यसै बर्ष लगानी सम्मेलन आयोजन गर्न १ करोड रुपैया विनियोजन गरेको छ ।

आफुहरु विदेश भ्रमणमा जादा नेपालमा लगानी मैत्रि काुनन भएको गुनासो गरेकोले आफुहरुले लगानी मैत्रि कानुन बनाउने तयारी गरेको मन्त्री गुरुङले जनाए । विदेशबाट पोखरालाई स्मार्ट सिटिको रुपमा विकास गर्न केहि देशहरुले चासो दिएको उनले बताए । प्रदेश सरकार शुन्यबाट सुरु भएकोले एक बर्षमा निती, नियम र कानुन बनाउदै समय खर्चिन परेकोले अब भने विस्तारकै विकासले गति लिने उनले जनाए ।

आर्थिक बर्षमा हालसम्म पुंजीगत तर्फ करिब ५ प्रतिशत मात्र खर्च भएको मन्त्री गुरुङले जनाए । उनले यस आर्थिक बर्षमा ७० प्रतिशत खर्च गर्ने लक्ष्य राखेको बताए । नेपाल पत्रकार महासंघको साधारण सभा तथा विधान अधिबेसनको अवसरमा फागुन ९ गते प्रदेश सरकारले आन्तरिक भ्रमण बर्षको कार्यक्रम औपचारिक रुपमा उद्घाटन गर्ने भएको छ । उक्त कार्यक्रमको अवसरमा प्रदेश सरकारले आफ्नो कार्यक्रम सहित महासंघलाई सहयोग हुने गरी २३ लाख बजेट विनियोजन गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले सपथ लिएको फागुन ४ गते एक बर्ष पुग्ने भएकोेले उक्त दिनमा प्रदेश सरकारले बार्षिकोत्सव समारोहमा एक बर्ष भरी सरकारले गरेका कार्यक्रम समेत सार्वजनिक गर्ने भएको मन्त्री गुरुङले जनाए । दिउसो ११ बजे देखि सुरु हुने कार्यक्रममा प्रगती विवरण, सांस्कृतिक कार्यक्रम, उत्कृष्ट कर्मचारी सम्मान सहितका कार्यक्रम हुने भएको मन्त्री गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button