गण्डकी प्रदेश स्तरिय खेलकुद प्रतियोगिता एंव खेलाडी छनौट शुक्रबार देखि पोखरामा

३५ खेलको लागि २ हजार ८ सय ७७ खेलाडीले प्रतिस्पर्धा गर्ने

डिएनबी, पोखरा न्यूज- ०२ फागुन ।

आगामी केहि महिनामा नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेश स्तरिय खेलाडी छनौट एवं छनौट प्रतियोगिता शुक्रबार देखि पोखरामा सुरु हुने भएको छ ।

यही फागुन २५ गतेसम्म कास्कीको पोखरा सहितका विभन्नि जिल्लामा आयोजना हुने उक्त प्रतियोगिता शुक्रबार देखि सुरु हुने भएको प्रतियोगिताका संयोजक पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए । उनका अनुसार शुक्रबार एथ्लेटिक्स र टेबल टेनिस खेलको छनौट एवं प्रतियोगिता हुने भएको छ ।

गण्डकी प्रदेश ११ जिल्लाका ३५ खेलको लागि २ हजार ८ सय ७७ जना खेलाडीहरु उक्त प्रतियोगितामा प्रत्यक्ष रुपमा सहभागि हुने भएको संयोजक श्रेष्ठले पोखरा न्यूजलाई बताए । प्रतियोगितामा कास्कीका सवै भन्दा धेरै र मनाङका सवै भन्दा कम खेलाडीहरु सहभागि हुने भएको समितिका नासु डि.बि. नेपालीले बताए । कास्कीबाट २ सय ५५ जना पुरुष, २ सय १४ जना महिला र मनाङबाट ४३ जना पुरुष र १४ जना महिला खेलाडीहरु सहभागि हुने भएका छन् । प्रतियोगिताको लागि राखेपबाट २ करोड ६४ लाख २५ हजार ६ सय रुपैयाको बजेट विनियोजन भएको नासु नेपालीले बताए ।

प्रति खेलाडी प्रति दिनको एक हजार रुपैयामा बस्न खानको लागि  प्रदान गरिने भएको छ ।  केही खेल संघहरुलाई राष्ट्रिय प्रतियोगिताको लागि खेलाडी छनौट गर्ने जिम्मा लिए पनि अधिकाशं खेलहरुको छनौट प्रतियोगिताबाटै खेलाडी छनौट हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद्ले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालगन्जमा हुने भएको छ भने यसको तिथि मिति भने तोकिएको छैन्।

प्रतियोगितालाई सफल पार्न विभिन्न खेल संघ तथा प्राविधिक एवं प्रशिक्षकहरुसंगको समन्वयमा प्रतियोगिताको तयारी गरिएको प्राविधिक संयोजक बिद्या मर्सानीले  पोखरा न्यूजलाई बताए । पोखरामा महिला तथा पुरुषको फुटबल, एथ्लेटिक्स, क्रिकेट, भलिबल, ह्याण्डवल बास्केटबल लगायतका प्रतियोगिता हुने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button