आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश स्तरीय छनौट शुरु

पहिलो गोल्ड मेडल बागलुङलाई

पोखरा न्यूज- ०३ फागुन ।

प्रदेश नं ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि पोखरामा शुक्रबार बाट प्रदेश स्तरीय खेलाडी छनौट प्रक्रिया शुरु गरिएको छ । छनौट खेलमा १० किलोमिटर दौडमा बागलुङका श्याम शेरचनले प्रतियोगिताकै पहिलो स्वर्ण पदक हात पारेका छन । उनले उक्त दुरी ३५ मिनेट २०.४ सेकेण्डमा पुरा गरेका थिए ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको आयोजनामा पोखरा रंगशाला शुरु भएको छनौटमा एथलेटिक्सको १० किमी पुरुष तर्फ पर्वतका प्रकाश कुँवरले उक्त दुरी ३५ मिनेट ४९.५ सेकेण्डमा पुरा गर्दै रजत र तनहुँका सुरेन्द्र चापागाईले ३६ मिनेट ४.९ सेकेण्डमा पुरा गर्दै काश्य पदक जिते  महिला तर्फ सम्पन्न १० किलोमिटर दौडमा नवलपुरकी डोलमाया महतोले ४५ मिनेट ५५.३ सेकेण्डमा पुरा गर्दै प्रथम भएकी छन् । दोश्रो भएकी म्याग्दीकी शोनिया बरुवाल ५१ मिनेट ४५.६ सेकेण्ड र तेश्रो भएकी स्याङजाकी दिया गैरेले ५२ मिनेट ३०.६ सेकेण्डमा पुरा गरिन् ।

यसै गरि १०० मिटर दौडमा नवलपुरका प्रकाश रानामगरले ११.३ सेकेण्डमा दुरी पारा गर्दै स्वर्ण पदक जिते भने कास्कीका सुदिप जोशीले ११.३ सेकेण्ड र म्याग्दीका सुजन थिनालले १२.२ सेकेण्डमा दौड पुरा गर्दै क्रमश काश्य र रजत पदक जितेका छन् ।  महिला १०० मिटर दौडमा नवलपुरकी कल्पना श्रेष्ठले १४.२ सेकेण्डमा दौड पुरा गर्दै स्वर्ण, कास्कीकी अनिशा भण्डारीले १४.४ सेकेण्डमा दौड पुरागर्दै काश्य र लमजुङकी रेजिना क्मालले १४.९ सेकेण्डमा दुरी पार गर्दै काश्य जितिन् ।

पुरुष १५०० मिटर दौडमा कास्कीका स्माइल भण्डारीले ४ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जितेका छन । सोही स्र्पाधामा बागलुङका मन बहादुर बुढाले ४ मिनेट ३९ सेकेण्ड र पर्वतका प्रकाश कुवरले ४ मिनेट ४२ सेकेण्डमा दुरी पार गर्दै क्रमश रजत र काश्य पदक हात पारे ।  महिला १५०० मिटरमा कास्कीेकी ललिता लामिछानेले ५ मिनेट ४४ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक जितेकी छन भने स्याङजाकी जानकी खनालले ५ मिनेट ५५ सेकेण्ड र नवलपुरकी मालती चौधरीले ६ मिनेट ८ सेकेण्डमा दुरी पार गर्दै क्रमश रजत र काश्य पदक जिते ।

सटपुट पुरुष तर्फ सम्पन्न प्रतियोगितामा नवलपुरका बिनोद थनेतले स्वर्ण जितेका छन भने गोर्खाका निशान गुरुङ र नवलपुरका निरज महतोले क्रमश रजत र काश्य जिते । महिला सटपुटमा कास्कीकी शोनु नेपालीले स्वर्ण पदक जितिन भने तनहुँकी सुमित्रा थापा र मनाङकी कन्या कुमारी गुरुङले क्रमश रजत र काश्य पदक हासिल गरे ।  हाइजम्प पुरुष तर्फ कस्कीका सागर नेपालीले स्वर्ण पदक जितेका छन । यसैगरि लमजुङका अदित्य थापाले रजत र नवलपुरका समिर महतोले काश्य पदक जिते ।

महिला हाइजम्पमा कुशुम रानामगरले स्वर्ण, शविना परियारले रजत तथा लमजुङकी लक्ष्मी परियारले काश्य पदक जितिन् ।
पश्चिमाञ्चल क्षेबिय खेलुकद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले शनिवार छनौट खेलकुदको औपचारिक उद्घाटन शनिवार ११ बजे पोखरा रंगशालामा हुने जानकारी दिएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button