लमजुङमा गोठ भत्कीदा एक लाख ५० हजार मुल्यका भेडा मरे

पोखरा न्यूज- ४, फागुन ।

गण्डकी प्रदेशको लमजुङमा भेडि गोठ भत्कदा एक लाख ५० हजार मुल्य बराबरका भेडा मरेकाछन्।

शुक्रबार राति दुधपोखरी गाउँपालिका ३ ठुलो काभ्रेका ८७ बर्षीय ईन्द्र जित घलेको कच्चि भेडि गोठ भत्कदा ८ वटा भेडा मर्दा उक्त मुल्य बराबरको क्षेती भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

गए राति परेको असिना पानिको कारण ढुङगा माटोले बनेको भेडि गोठ भत्कन जाँदा गोठको करिब ५० हजार सहित २ लाखको क्षति भएको प्रहरीले जनाएको छ । उक्त घटनामा मानविय क्षती नभएको र घटनाका विषयमा थप अनुसन्धान भईरहेको बताईन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button