म्याग्दीमा एकीकृत घुम्ती शिविरबाट साढे दुई सय लाभान्वित

पोखरा न्यूज-०५ , फागुन ।

म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–६ मराङको कुम्रिस्थित वडा कार्यालय परिसरमा शनिबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट साढे दुई सयभन्दा बढी लाभान्वित भएका छन् ।

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रका सर्वसाधारणलाई गाउँमै सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको शिविरबाट २७२ लाभान्वित भएका हुन्  ।

जिल्ला प्रशासन कार्यालयको टोलीले ७० नयाँ र १३ प्रतिलिपि नागरिकताको प्रमाणपत्र वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिए । बेनी अस्पतालका चिकित्सक र गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीले ७७ को स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणको सेवा दिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयको टोलीले ५७ को तस्विरसहितको मतदाता नामावली दर्ता गराएका छन् । सोही शिविरको अवसरमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिक परिचयपत्र वितरण शुरु गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए  । ५१ लाई ज्येष्ठ नागरिक र चारलाई अपाङ्गता परिचयपत्र उपलब्ध गराइएको छ ।

मराङकी ७६ वर्षीया नरिमा पुनलाई गाउँपालिकाका अध्यक्ष थमसरा पुन, प्रजिअ लीलाधर अधिकारी, प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा, गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत शर्मा र वडाध्यक्ष राजाराम शर्माले ज्येष्ठ नागरिक परिचयपत्र उपलब्ध गराएका थिए  ।

शिविरमा मराङ र मल्कवाङका बासिन्दाले सेवा लिएका थिए । गाउँपालिकाले सञ्चालन गरेको योजना सम्झौता, अपाङ्गता र ज्येष्ठ नागरिक परिचयपत्र वितरणसम्बन्धी शिविर भने आइतबारसम्म जारी रहनेछ् ।

यसअघि धवलागिरि गाउँपालिकाको गुर्जा, लमसुङ, रघुगङ्गाको रायखोर, मङ्गलाको कुहुँ र मालिकाको देवीस्थानमा एकीकृत घुम्ती शिविर सञ्चालन भइसकेको छ । अन्नपूर्ण गाउँपालिकाको शिखमा पनि शिविर सञ्चालन गरिने प्रजिअ अधिकारीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button