दुवै मिर्गौला फेल भएका पर्वतका भुसालको अर्थाभावका कारण उपचारमा समस्या

पोखरा न्यूज-०५ , फागुन ।

दुवै मिर्गौला फेल भएका यहाँको एक विकट गाउँका युवाको अर्थाभावले उपचारमा समस्या परेको छ ।

पर्वतको फलेवास नगरपालिका–३ शङ्करपोखरी सराङ्दी निवासी ४५ वर्षीय चेतनाथ भुसालको अर्थाभावका कारण उपचारमा समस्या भएको हो । विगत एक वर्षअघिदेखि दुवै मिर्गौला फेल भए पनि रकम अभावमा उनको उपचारमा समस्या भएको छ । मिर्गाैला रोगबाट पीडित भुसालको उपचार खर्च जुटाउन परिवारले सबैसँग आग्रह गरेको छ ।

श्रीमती गीता भुसालले आफ्नो श्रीमानको  उपचारका लागि सहयोग गरिदिन आग्रह गरेकी हुन् । विगत लामो समयदेखि भारतमा कपडा बनाउने कम्पनीमा काम गर्दै आएका भुसालको गत वर्ष एक्कासि मिर्गौलामा समस्या आएपछि उपचार गराउँदै आएका छन् । उनको दुवै मिर्गाैलाले काम गर्न छाडेपछि अहिले नियमित डाइलासिस गरिरहेको श्रीमती भुसालले जानकारी दिइन् । मिर्गाैला प्रत्यारोपण गर्न र थप उपचारका लागि रु २० लाख खर्च लाग्ने अस्पतालले जनाएपछि परिवार अत्तालिएको छ ।

कमाएको सबै पैसा उपचारमा सकिएपछि अहिले भुसालकी श्रीमती श्रीमान्को उपचारका लागि आर्थिक सहयोग जुटाउन विभिन्न सङ्घसंस्था र सहयोगी हातहरुको खोजीमा हिँडेकी छन् । “श्रीमान्को उपचारका लागि घरमा पालेका भैँसी, बाख्रा सबै बेचियो, घर भूकम्पले थिलोथिलो भएको छ, खेतबारी पनि विकट ठाउँमा छ, बाँदर, दुम्सी लाग्छ बिक्री हुँदैन”, मन भारी पार्दै उनले दुखेसो पोखिन् ।

भुसालका १३ वर्षका एक छोरा छन् । अन्य आर्थिक स्रोत केही नभएपछि सहयोगी हातहरु खोज्नुबाहेक अरु विकल्प नभएको उनले बताइन  । पीडित भुसालको अहिले भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको छ ।

भुसालको उपचारमा सहयोग गर्न उहाँकी श्रीमती गीताको मोबाइल नं ९८१७११५८४३ सम्पर्क गर्न र राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर ३५४००००२४३१० मा पनि पैसा जम्मा गरिदिन परिवारले आग्रह गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button