म्याग्दीको थाइवाङमा करिब ७२ लाख लागनीमा खानेपानी आयोजना निर्माण

पोखरा न्यूज-०५ , फागुन ।

म्याग्दीको मङ्गला गाउँपालिका–१ थाइवाङमा पञ्चासे ओखरबोट खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको छ ।

रु ७२ लाख ५८ हजार ६८८ को लगानीमा निर्माण भएको आयोजनाबाट थाइवाङका ८५ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिले जनाएको छ । सबै घरमा मिटरजडित निजी धारामार्फत खानेपानी वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिए ।

गाउँपालिकाअन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत नेपाल सरकार, फिनल्याण्ड सरकार मङ्गला गाउँपालिकाको अनुदान तथा उपभोक्ताको श्रमदानमा आयोजना निर्माण भएको हो ।

नेपाल सरकारको रु २८ लाख ७७६, फिनल्याड सरकारको रु १५ लाख ७५ हजार ४३६, मङ्गला गाउँपालिकाको रु सात लाख ३३ हजार १५९, उपभोक्ताको रु ७३ हजार ३१६ लगानी रहेको आयोजना निर्माणका लागि उपभोक्ताले रु २१ लाख ४८ हजार ९१० बराबरको श्रमदान गरेका छन् ।

विसं २०७४ पुष ९ गतेदेखि निर्माण शुरु भएको आयोजनाको शनिबार मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी र परियोजनाका सरसफाइविज्ञ चन्द्रभक्त विष्टले उद्घाटन गरे  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button