पोखरामा नक्कली नोट छापेर कारोबार गर्ने श्रीमान श्रीमती नै पक्राउ

पोखरा न्यूज – ०६, फागुन ।

पोखरामा नक्कली नोट छापेर कारोबार गर्ने २ जना पक्राउ परेका छन् ।

मकवानपुर हेटौंडा घर भई पोखरा-५ प्रस्याङ धारामार्गमा डेरा गरी बस्ने ३२ बर्षीय नरेश लामा र उनकी  श्रीमती २५ बर्षीय सरस्वती बलामी नक्कली नोट, नोट प्रिण्ट गर्ने प्रिण्टर तथा अन्य सामग्री सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले ग १४ प ३५४ नम्बरको डुक मोटरसाईकलमा हिडेर रिचार्ज कार्ड किनेर १ हजारका नक्कली नोट दिएर हिड्ने गरेका थिए । प्रहरीले उनीहरुको साथबाट मोटरसाईकलको साथै १ हजारका १९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने कलर प्रिण्टर, एनटिसी र एनसेलका ९० हजार बराबरको रिचार्ज कार्ड, ल्यापटप, २ वटा मोवाइल र २ थान ५ सयको भारतीय नोट बरामद गरेको जनाएको छ ।

पोखरा १६ अर्मलाका किराना पसलहरुमा नक्कली पैसा दिदै रिचार्ज कार्ड लिएर फरार भएको भनि प्राप्त सूचनाका आधारमा अनुसन्धान गरि उनीहरुलाई पक्राउ गरिएको चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button