डा. घलेद्धारा पोखरामा छात्रबृत्तिको लागि २३ लाख ७५ हजारको चेक हस्तान्तरण

डिएनबी, पोखरा न्यूज- ६, फागुन ।

गैर आवासिय नेपाली संघ (ए.आर.एन) का निवर्तमान अध्यक्ष, समाजसेवी डा. शेष घलेले छात्रबृत्तिको लागि अक्षयकोष रकम हस्तान्तरण गरेका छन्। तमु सांस्कृतिक प्रतिष्ठान नेपाललाई एक समारोहका बिच डा. घलेले सोमबार पोखरामा २३ लाख ७५ हजार मुल्य बराबरको चेक हस्तान्तरण गरेका हुन्।

ग्रामिण भेगका गरिब तथा जेहेन्दार छात्र/छात्राहरुको लागि उनले उक्त रकम बराबरको चेक प्रतिष्ठान नेपालका अध्यक्ष चिजकाजी गुरुङलाइ हस्तान्तरण गरेका हुन्। डा. घलेले ग्रामिण क्षेत्रका सामुदायिक बिद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार २० जना छात्र÷छात्राहरुको निम्त्ति उक्त रकम हस्तान्तरण गरेको अध्यक्ष गुरुङले जनाए । उक्त व्याजको रुकमबाट हरेक बर्ष बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिने भएको उनले बताए । गत बर्ष डा. घलेले ५ लाख रुपैया अक्षयकोषको लागि सहयोग रकम प्रदान गरेका थिए ।

एक लाख २५ हजार अक्षयकोषको प्रति बिद्यार्थीलाई बार्षिक ८ हजार रुपैया प्रदान गनिरे भएको अध्यक्ष गुरुङले बताए । कक्षा ९ देखि १२ कक्षा ४ बर्षसम्म छात्रबृत्ति प्रदान गनिरे भएको उनले जनाए । शेष घले जसरी विभिन्न व्यक्ति तथा संघ संस्थाबाट प्रतिष्ठानले करिब दुई करोड मुल्य बराबरको अक्षयकोष स्थापना गरी अब देखि बार्षिक रुपमा एक सय जनालाई छात्रबृत्ति दिने भएको अध्यक्ष गुरुङले बताए ।

२०५८ सालमा जापानबाट शुरु भएको प्रतिष्ठानले शुरुमा एसएलसी टपरहरुलाई पुरस्कृत, राज्यको दृष्टि पुग्न नसकेको तमु श्रष्टाहरुलाई सम्मानसहित हाल १३ जिल्लाका ८१ जना ग्रामीण भेकका तमु विद्यार्थीहरुलाई वार्षिक ८/८ हजार छात्रवृत्ति प्रदान गदै आइरहेको छ । यसरी नै प्रतिष्ठानले उत्कृष्ठ आमा सम्मान, संस्कृतिकर्मी, पत्रकार, समाजसेवीलाई सम्मानसहित उच्च शिक्षाका लागि विद्यार्थीहरुलाई प्रोत्साहन समेत गर्दै आएको छ ।

यसैबिच, एनआरएनका निवर्तमान अध्यक्ष डा. शेष घले र सोच समुहका परिकल्पनाकार एवं व्यवसायी कर्ण शाक्यले आफ्नो जिवनीको बारेमा जानकारी गराउदै अन्तरकृया कार्यक्रममा सहभागि भएका हुन् । लमजुङमा जन्मेका घलेले गाँउमै निकै दुःख गरी अध्ययन गरी एक बर्ष शिक्षक पेशासंगै, काठमाण्डौंमा उच्च शिक्षा हासिल गरी छात्रबृत्ति पाएर विदेश गएर पुनः स्वदेशमा जागिर गरी पछि व्यवसायीमा हात हाल्दा हाल आफु एक सफल व्यवासायीको रुपमा स्थापित हुन सफल भएको बताए ।

उनले विदेश जाने र विदेशमा रहेकाहरुलाई स्वदेश प्रति माया र भावना जगाउन आग्रह गर्दै विदेशमा सिकेको सिपलाई स्वदेशमा परिचालन गर्न आग्रह गरे । सम्भवलाई सम्भवमा परिणत गर्न प्रयास गर्न आग्रह गर्दै शिक्षालाई व्यवसायीसंग जोड्न नहुने दाबी गरे । उनले भने “शिक्षा भनेको शक्ति हो, कुनै व्यक्ति शिक्षिता हुनु भनेको उसमा केही गर्नु पर्छ भन्ने भावना जागृत गराउने एक सशक्त्त माध्यम हो, तर हाम्रो नेपालको शिक्षा प्रणालीलाई परिर्वतन गर्नुपर्छ ।” अहिलेको नयाँ टेक्नोलोजी अनुसार शिक्षामा आफुलाई परिवर्तन गराउन नसके सटिफिकेट लियर मात्र केहि नहुने उनको भनाई थियो ।

विश्वमा हाल ४० लाख बिद्यार्थीहरु उच्च शिक्षाको लागि विभिन्न देशमा भौतारिएको सन्दर्भ जोड्दै डा. घलेले ४० हजार जसो नेपालीहरु ऋष्टेलीयामा उच्च शिक्षा हासिल गर्न पुगेको बताए । विभिन्न देशमा गरी करिब ३ लाख नेपाली उच्च शिक्षा हासिल गर्न विदेशीएको उनले बताए । हिजोआज कहिले काहिँ निद्रा नलाग्दा आफ्नी श्रीमतीलाई गाँउमा पहिला आफुले पाएको दुःखको बारे चर्चा गर्दै कथा भन्ने गरेको डा. घलेले बताए ।

सकरात्मक सोचका अभियान्ता कर्ण शाक्यले जिवनमा जसले धेरै दुःख पाएको हुन्छ त्यसको मात्र कथा र अविष्मरणिय घटना हुने बताए । क्यान्सरबाट छोरी र श्रीमती गुमाएका शाक्यले धान्द्रकमा घुमघामको समयमा एक महिलाले चुरोट खाएको बिषयमा एक छिन सोचेर चुरोटको एक पैसा क्यान्सर रोग बिरुद्ध अस्पताल खोल्ने अभियान अघि बढाउने लक्ष्य राखे जुस लक्ष्य पछि सफल भयो । एकै दिनमै ५ करोड चुरोड खपत हुने भएकोले कम्तिमा प्रति खिली एक पैसा क्यान्सर रोगको लागि छुट्टाउदा त्ससले क्यान्सर रोगका बिरामीहरुको लागि उपचार केन्द्र क्यासर हस्पिटल खोल्न सफल भएको बताए ।

चितवनमा राष्ट्रिय निकुन्ज स्थापनामा समेत महत्वपुर्ण भुमिका खेलेका उनले देशमा धेरै जडीवुटि सहितका धेरै सम्भावना भए पनि त्यसको अझै पहिचान हुन नसकेको बताए । नेपालमा धेरै पैसा कमाएसंगै सत्रु पनि संगै आउने बताउदै उनले धेरै जक्जरीयस सेवा लिनु भनेको सोलो पोइजन भएको जनाए । नेपालमा धेरै सम्भावना भएकोले कम्तिमा एक दशक पछि नेपाल बन्ने उनले दाबी गरे । कार्यक्रममा विभिन्न क्याम्पस, मावि तथा विभन्नि संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button