करिब ४ करोडको लागतमा पोखरा – २२ फुर्सेखोलामा पक्की पुल निमार्ण हुने

मंगलबार मुख्य मन्त्री गुरुङले पुलको शिलन्यास गर्ने

डिएनबी, पोखरा न्यूज-६, फागुन ।

पोखरा महानगरपालिका २२ स्थित पुम्दी भुम्दीको फुर्सेखोलामा मोटरेवल (पक्की) पुल निमार्ण हुने भएको छ । गण्डकी प्रदेश सरकारबाट उक्त पुल निमार्ण हुने भएको पोखरा महानगरपालिका २२ का वडा अध्यक्ष मित्रलाल बरालले पोखरा न्यूजलाई  बताए ।

उनका अनुसार करिब ४ करोडको लागतमा निमार्ण हुने उक्त पुल आगामी दुई बर्षमा निमार्ण सम्पन्न गरिने भएको छ । पहिलो किस्तामा गण्डकी प्रदेशको भौतिक योजना तथा पुर्वाधार विकास मन्त्रालयबाट ७५ लाख रुपैया विनियोजन भएको अध्यक्ष बरालले जनाए । उक्त योजना गण्डकी प्रदेशका सांसद राजिव पहारीको पहलमा पारिएको बताइएको छ । सांसद  पहारीले उक्त स्थानमा पुल निर्माण गर्ने भनेर चुनाबको बेला प्रतिबद्धता समेत जनाएका थिए ।

उक्त पुल निमार्ण भएसंगै खाल्से, वारी पारिका स्थानिय तथा पोखराको छोरेपाटनबाट फुर्सेखोला, खाल्से हुदै कुभिण्डेभन्ज्याङ, सिद्धार्थ राजमार्ग हुदै स्याङजा समेत जान सकिन्छ । उक्त स्थानमा पक्की पुल नहुदा बर्षाको समयमा समस्या हुने गरेकोमा पुल निर्माण हुने कुराले  आफुहरु खुसि भएको स्थानीय टिकाराम बरालले बताए ।

उक्त मोटरेवल पुलको शिलन्यास मंगलबार विहान करिब ८ बजे गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले गर्ने कार्यक्रम तय गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button