पोखरा म्याराथनको उपाधि आर्मीका रिमाललाई

१० किलोमिटर पुरुषतर्फ कार्की र महिलातर्फ पछाईलाई उपाधि

डिएनबी, पोखरा न्यूज – ०७, फागुन ।

गत बर्षका उपविजेता त्रिभुवन आर्मीका हरी कु्मार रिमालले १३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनको उपाधि हात पारेका छन् ।

निर्धारित दुरी उनले २ घण्टा ४० मिनेट १० सेकेण्डमा पार गर्दै उपाधि सहित नगद एक लाख रुपैया पुरस्कार हात पार्न सफल भएका हुन् । त्यसै गरी उनले यसै बर्ष गत जेठमा अन्नपुर्ण बेश क्याम्पमा भएको अन्नपुर्ण म्याराथन दौडमा विजय हासिल गरेका थिए भने गत बर्षको पोखरा म्याराथनमा उनी दोश्रो भएका थिए । यस पटकको पोखरा म्याराथन जित्ने लक्ष्यका साथ प्रतियोगितामा सहभागि भएका उनले जितसंगै खुसि व्यक्त गर्देै प्रतियोगिताको सुरुमा पानी परेर बाटो केहि चिप्लो भएको गुनासो गरे ।

प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफका खिम बहादुर खत्रीले निर्धारित दुरी २ घण्टा ४० मिनेट २० सेकेण्डमा पार गर्दै दोश्रो भए । उनले ७० हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे । उनी गत बर्ष उक्त प्रतियेगितामा तेश्रो भएका थिए । निर्धारित दुरी २ घण्टा ४१ मिनेट १७ सेकेण्डमा पार गरी नेपाल पुलिसका भुमिराज राई तेश्रो भए । उनलाई ५० हजार प्रदान गरियो । पोखराका पुर्ण तामाङले निधारित दुरी २ घण्टा ४२ मिनेट ५५ सेकेण्डमा पार गरी शान्त्वना भए । शान्त्वना भएका तामाङलाई ७ हजार प्रदान गरिएको थियो ।

 

त्यसैगरी १० किलोमिटर दौडमा पनि विभागिय टोलीकै वर्चस्व कायम रहयो । उक्त ईभेण्टको पुरुष तर्फ आर्मीका विकास कार्की प्रथम, आर्मीका राजन रोकाया दोश्रो र आर्मीकै शिव बहादुर रायमाझी तेश्रो भए । १० किलोमिटर महिला तर्फको दौडमा भने पुलिसका राजपुरा पछाई प्रथम, एपिएफका बृन्द्धा श्रेष्ठ दोेश्रो र आर्मीका सरीता बंशी तेश्रो भईन ।

५ किलोमिटर सडक दौड छात्र तर्फ काठमाण्डौं ग्रामर स्कुलका अजय तामाङ प्रथम, पोखराको बेसलाईनका विनोद गुरुङ दोश्रो र सहिद स्मृति मेमोरियल स्कुलका तुल बहदुर घर्तीमगर तेश्रो भए । सेहि ईभेण्टमा भने छात्रा तर्फ ललिता लामिछाने प्रथम भईन । उनले यस अघि पोखरा म्याराथनको अवसरमा आयोजना भएको उक्त दौडमा दुई पटक विजेता भएकी थिईन । माउण्ट अन्नपुर्णकी नानु हमाल दोश्रो भईन।

१० किलोमिटर सडक दौडमा विजेतालाई १५ हजार उपविजेतालाइ १० हजार, १६ बर्ष मुनिका बिद्यालय स्तरिय दौडमा विजेता छात्र-छात्रालाई जनही १० हजार, उपविजेतालाई ७ हजार प्रदान गरिएको थियो ।

 

 

ह्विल चियर पुरुष तर्फ ४ सय मिटरमा सुरेस गौली प्रथम, भरत अधिकारी दोश्रो र हेम बहादुर गुरुङ तेश्रो भए । सेहि ईभेण्टमा महिला तर्फ लक्ष्मि विश्वकर्मा प्रथम, अन्जु बराल दोश्रो र पवित्रा विक तेश्रो भईन् । दृष्टिविहिनरुको लागि भएको १ सय मिटर दौडमा पुरुष तर्फ आदेश बस्याला प्रथम, सुनिल रानामगर दोश्रो र प्रेम क्षेत्री तेश्रो भए । उक्त ईभेण्टको महिला तर्फ विनिता पुन प्रथम, सरीता घिमिरे दोश्रो र सुक माया विक तेश्रो भए ।

विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुन, गण्डकी प्रदेशका सांसद द्धय मोहन प्रसाद रेग्मी, कृष्ण थापा, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, उद्योगपती समाजसेवी गणेश बहादुर श्रेष्ठ, पोखरा महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दर्शन लामा लगायतले पुरस्कार वितरण गरेका थिए ।

यस अघि गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले उक्त प्रतियोगिताको उद्घाटन गर्दै पोखरामा खेल पर्यटनको अथाह सम्भावना भएको बताए । प्रतियोगिताको अवसरमा रन फर रन सहित करिब ५ हजार जनाले सहभगिता जनाएको भूतपूर्व खेलाडी मंचका अध्यक्ष तेज गुरुङले बताए । उनका अनुसार म्याराथन, विभिन्न दौड सहित २ हजार ४८ जनाले प्रत्यक्ष नाम दर्ता गराएका थिए । रन फर रनमा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङ, आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानुन मन्त्री हरी बहादुर चुमान, सामाजिक विकास मन्त्री नर देवि पुन सहितका मन्त्री, गण्डकी प्रदेशका सांसद, गैर आवासिय नेपाली संघका निवर्तमान अध्यक्ष शेष घले, शिक्षाविद जर्जजोन, ब्रेष्ट क्यान्सर विरुद्धकी अभियान्ता एवम पूर्व भलिबलकी राष्ट्रिय खेलाडी मञ्जु लगायतका व्यक्तिहरु सहभागि भएका थिए ।

 

प्रतियोगितामा ९ देशका ३५ जना धावकहरु सहभागि भएको मञ्चले जनाएको छ । प्रतियोगिता बिहान ७ बजे पोखरा रंगशालमाबाट सुरु भएको थियो । बिहान पानी परे पनि धावकहरुको उत्साहजनक रुपमा सहभागिता रहेको मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटले बताए । संयुक्त एम्बुलेंस संघ कास्कीले २० वटा एम्बुलेंस सेवा उपलब्ध गराएको संघका अध्यक्ष रामचन्द्र पहारीले बताए ।

त्यसै गरी म्याराथनलाई सफल पार्न फष्टेडको रुपमा गण्डकी मेडिकल कलेज, फिस्टेल हस्पिटल र रेडक्रस सोसाईटीले सहयोग गरेका थिए । २१ जना धावकहरुको फष्टेड गरिएको रेडक्रस सोसाईटी उपशाखा १० का सभापति सम्मर बहादुर श्रेष्ठले बताए । कार्यक्रममा गायक बिनित-सानु जोजिजूको युगल जोडी, रामभक्त जोजिजू, कर्ण दास लगायतका कलाकारले प्रस्तुती राखेका थिए । कार्यक्रममा कम उमेरमै ड्रमसेट बजायर विश्व रेकर्ड कायम गरेका उत्प्रेम जोजिजूलाई माला लगायर सम्मान गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button