पर्वतमा थाइराइड परीक्षण सुविधा शुरु

पोखरा न्यूज – ०७, फागुन ।

 गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) रुसको सहयोगमा पर्वत अस्पतालमा थाइराइड परीक्षण सुविधा शुरु भएको छ ।

एनआरएनए रुसले थाइराइड परीक्षणका लागि अत्याधुनिक उपकरण हस्तान्तरण गरेपछि सो अस्पतालमा पहिलो पटक थाइराइड परीक्षण सुविधा थपिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अत्याधुनिक थाइराइड परीक्षण गर्ने उपकरण अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीलाई आज हस्तान्तरण गरे । यसअघि थाइराइड परीक्षणका लागि हजारौँ खर्च गरेर बिरामी पोखरा जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।

पर्वतवासीका लागि स्वास्थ्य सेवा लिन सहयोग पुगोस् भनेर नयाँ उपकरण सहयोग गरेको एनआरएनएका अध्यक्ष रामेश्वर गौतमले जानकारी दिए । एनआरएनए रुसले जिल्लाको दक्षिणमा पर्ने बिहादी गाउँपालिकास्थित रानीपानी स्वास्थ्य चौकीलाई गत वर्ष एम्बुलेन्ससमेत हस्तान्तरण गरेको थियो ।

सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले प्रदेशभित्रका सबै सामुदायिक अस्पतालमा स्र्माट हेल्थ केयर सुविधा पुर्याउने लक्ष्य राखिएको जानकारी गराए । अस्पतालमा पुगेपछि बिरामीका लागि आवश्यक र क्षमता अनुसारको सबै सुविधा उपलब्ध गराउँदै स्मार्ट हेल्थ केयरको सुविधा दिने तयारीमा रहेको उनको भनाइ थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button