बागलुङ दुर्घटना अपडेटः चारको मृत्यु, १२ घाइते

पोखरा न्यूज – ०८, फागुन ।

बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा मङ्गलबार जिप दुर्घटना हुँदा मर्ने यात्रुको सङ्ख्या चार पुगेको छ ।

ध१ज ७९१ नंको जिप छिस्तीको रापुङ्गभीरमा दुर्घटना हुँदा जनकल्याण माध्यमिक विद्यालयका लेखापाल तुलसी पुन, सोही विद्यालयमा अध्ययनरत छात्रा एलिना पुन, प्रियंका पुन र ज्योति पुनको मृत्यु भएको जैमिनी नगरपालिका–८ छिस्तिका वडासदस्य कर्णसिंह पुनले जानकारी दिए । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

घाइते धना श्रीष, विष्ना श्रीष, सङ्गम श्रीष र सम्झना पुनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कृष्ण पुन, सविना थापा, नन्दकली श्रीष, निर्मला पुन र पूजा पुनको धवलागिरि अञ्चल अस्पतालमा उपचार भइहेको छ । जिपमा करीब ३० यात्रु रहेको प्रहरीचौकी बेलवगरका प्रहरी जवान शङ्कर थापा क्षेत्रीले जानकारी दिए । जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किदै गरेका विद्यार्थी र अभिभावक सवार जिप दुर्घटनामा परेको जैमिनी नगरपालिकाका उपप्रमुख लीला रानाले बताइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button