नेपाल पर्यटन बोर्डको सदस्यमा पौडेल नियुक्त, क्षमताले भ्याएसम्म पर्यटनको विकासमा लाग्ने भनाई

दीननाथ बराल, पोखरा न्यूज- ८, फागुन ।

पोखराका पर्यटन व्यवसायी विप्लव पौडेल नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीस्तरीय बैठकले पौडेललाई सदस्यमा नियुक्त गरेको हो ।

पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले पौडेललाई बोर्ड सदस्यमा मनोनयन का लागि मन्त्री परिषदमा सिफारिस गरेका थिए । नेपाल भ्रमण बर्ष–२०२० को कार्यक्रम कान्वयन कार्यसमितिका सदस्य, नेपाल होटल संघका केन्द्रिय सदस्य, पश्चिमाञ्चल होटल संघका सल्लाहकार समेत रहेका पौडेल पोखराको वाराही हस्पिटालिटी समुहका कार्यकारी निर्देशक हुन् ।

नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा नियुक्त भएपछि उनले राज्यले आफ्नो क्षमता अनुसारको जिम्मेवार दिएकोले त्यसलाई पुरा गर्न आफु कटिवद्ध भएको बताए । उनले भने “मलाई राज्यले दिएको जिम्मेवार आफ्नो क्षेत्रबाट मेरो विवेकले भ्याएसम्म नेपालको पर्यटन प्रवर्द्धनमा लाग्ने छु । ”

मन्त्री अधिकारीले पौडेलसंगै धादिङकी पर्यटन व्यवसायी पम्फा धमलालाई पनि बोर्ड सदस्यमा नियुक्त गरेको छ । धमला बोर्डका पूर्व सञ्चालक समिति सदस्यसमेत हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button